तेक्वान्दो संघद्वारा उपाध्यक्ष तिम्सिना र सदस्य निरौला सम्मानित

काठमाडौं, १ मंसिर ।
नेपाल तेक्वान्दो संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष पिताम्वर तिम्सिना र सदस्य इन्दिरा निरौलालाई शनिबार सम्मान गरेको छ ।

सो अवसरमा उपाध्यक्ष तिम्सिनाले राष्ट्रको प्रतिष्ठा अन्तराष्ट्रिय जगतमा उचो बनाउन महत्वपुर्ण भुमिका खेल्दा खेल्दै पनि तेक्वान्दो संघ विवादमा पर्नु दुर्भाग्यपुर्ण भएको बताए । उनले तेक्वान्दो खेल नेपालका लागी महत्वपुर्ण भएकाले यस्तो संघलाई अनावश्यक विवादमा तानेर खेल र खेलाडीलाई अप्ठेरोमा पार्ने काम गर्न नहुने धारणा व्यक्त गरे ।

उपाध्यक्ष तिम्सिनाले आफुले खेल र खेलाडीको अहित हुने कुनै पनि काम नगर्ने र खेलको विकासका लागी काम गर्ने प्रतिबद्धता पनि ब्यक्त गरे । नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङले तेक्वान्दो खेलको सफलतालाई मध्यनजर गर्दै तेक्वान्दोमा अनावश्यक विवाद निम्त्याउने काम गर्न नहुने बताए ।

कार्यक्रममा राखेपका नवनियुक्त सदस्य राजेश गुरुङलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको थियो । सदस्य गुरुङ पोखरामा रहेका कारण कार्यक्रममा उपस्थित हुन सकेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close