बृद्ध भत्ताको रकम सहारा एकेडेमीमा आश्रित बालकहरुलाई

पोखरा, १ मंसिर ।
नेपाल सरकारले बृद्ध–बृद्धाका लागि सहारा बन्दै आए पनि पोखरा स्थित एक जना बृद्धा भने आपूmलाई प्राप्त भत्ता जम्मा गरेर सहारा क्लब द्वारा संचालित सहारा एकेडेमीमा अश्रित बालकहरुका लागि प्रदान गरेकी छन । ति हुन पोखरा रिठ्ठेपानी निवासी ७४ वर्षिया धन शुब्बा गुरुङ ।

शनिबार आफ्ना छोरा सहारा क्लबका संस्थापक तथा आजिबन सदस्य गंगा बहादुर गुरुङ नातिनी शुयोग्यका साथमा महतगौडा स्थित एकेडेमीमा पुगेर करिब ३५ हजारको विभिन्न खाद्यान्न सामाग्री प्रदान गरेकी हुन । उनले प्रदान गरेका खाद्यान्न सामाग्रीहरुमा चामल, दाल, तेल, आलु, चियापत्ति, मरमसला लगाएतका बस्तु रहेका छन ।

हाल एकेडेमीमा विभिन्न जिल्लाका गरि २८ जना बालकहरु आश्रित छन । उनीहरुलाई क्लबले नियमित फुटबल प्रशिक्षण संगै अध्ययनका लागि समेत सुविधा प्रदान गर्दै आइरहेको छ ।

धन शुब्बाले ति दैनिक उपभोग्य सामाग्रीहरु सहारा क्लबका अध्यक्ष केशब बहादुर थापा, पूर्व अध्यक्ष बिरभद्र आचार्य लगाएत सहाराका अन्य सदस्यलाई हस्तान्तरण गरेकी हुन । यसै गरि उनले केही खाद्य सामाग्री महतगौड स्थित बृद्धाश्रममा समेत प्रदान गरेकी छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close