
पोखरा, १ मंसिर ।
शाहसिक खेलकुद र पर्यटनलाई जोडदै पोखरामा हट इयर बेलुनको शुभारम्भ गरिएको छ । पोखरा बैदाम स्थित फेवाताल किनारमा गण्डकी प्रदेश मुख्यमन्त्रि पृथ्बी शुब्बा गुरुङले शनिबार एक समारोहका बिच यसको शुभारम्भ गरेका हुन ।
करिब १ करोड ५० लाखको लगानीमा बेलुन नेपालले पोखरामा यसलाई भित्राएको हो । तर यसको उडान क्षेत्र भने कास्कीको धम्पुश र लौरुक हुनेछ । कम्पनीका निर्देशक सबिन महर्जनका अनुसार नागरिक उड्ययन कार्यालय पोखराको समन्वयमा मात्रै बेलुन उडन पाउने गरि कम्पनीले इजाजत प्राप्त गरेको हो ।
विश्वका धेरै ठाँउमा शाहसिक खेल मनोरंजनका रुपमा उडाइने बेलुन पहिलो पटक पोखरामा ब्यबसायिक रुपमा शुरु गरिएको निर्देशक महर्जनले बताए । एक पटकमा आठ जना सम्म यात्रा गर्न मिल्ने हट इएर बेलुनमा २५ मिनेट र एक घन्टा सम्म उडान गर्ने गरि समय मिलाइएको छ । २५ मिनेटका लागि प्रति व्यक्ति ६ र एक घन्टाका लागि ११ हजार तोकिएको कम्पनीका सिइओ प्रबिन महर्जनले बताए ।
कम्पनीले विशेष गरि पोखराको हिम श्रृंखंलाहरुको दृश्यावलोकन र बिहानीको सूर्योदयका लागि पर्यटकहरुलाई लक्षित गरिने निर्देशक महर्जनले बताए । “यो शाहसिक खेलकुद संगै मनोरंजनको पूर्ण मानिन्छ त्यसैले पनि पर्यटकको बसाई लम्ब्याउन सहयोगी भूमिका खेल्ने विश्वास लिएका छौ” उनले भने । उनले अबको एक महिना भित्रको ब्यबसायिक संचालन हेरेर थप इएर बेलुन थप्ने समेत बताए । यो उडानका लागि पनि निकै शुरक्षित रहेको र हलक लागि अमेरिकामा १० वर्ष अनुभब संगालेका भारतिय पाइलटले उडाउने बताएका छन । उनले नेपालमा यसका लागि पाइलट उत्पादन समेत गरिने बताए ।
पोखरामा यसको उडान शुभारम्भ पछि पोखरा स्थित पर्यटन संग सम्बन्धित संघ संस्थाहरुले खुसी प्रकट गरेका छन । पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिबी पोखरेलले हट इएर बेलुनले पोखराको पर्यटन क्षेत्रमा नयाँ आयाम थपिने विश्वास लिएका छन । “शाहसिक पर्यटन गन्तब्यमा हट इएर बेलुन नयाँ उत्पादनका रुपमा पोखरा भित्रिएको छ यसले पक्कै पनि सफलता पाउनेमा पोखरेली पर्यटन ब्यबसायी ढुक्क छन” अध्यक्ष पोखरेलले भने ।
यसमा गैर आवाशिय नेपाली संघ यूकेका पूर्ब कोषाध्यक्ष दिपक कुमार श्रेष्ठ, एनआरएन यूकेका पूर्ब अध्यक्ष मुछेत्र गुरुङ, काठमाडौका बिक्रम बाडी, सबिन महर्जन लगाएतको शंयुक्त लगानी रहेको छ ।