
पोखरा, ३० कार्तिक ।
यूबा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्माले पोखरा रंगशालाको प्यारापिट समयमानै बन्ने बताएका छन । शुक्रबार पोखरा स्र्पोट्स डट कम संग कुरा गर्दै मन्त्रि विश्वकर्माले सबै पोखरोलीहरुलाई ढुक्क हुन आग्रह गर्दै रंगशालाको प्यारापिटको समयमानै काम थाल्ने र १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्र्तगत महिला साग फुटबल पनि पोखरा रंगशालामानै हुने हुने बताए ।
अख्तियारले निर्माण बजेटको सम्पूर्ण रकम शुनिश्चितता नभई टेण्डर नखोल्न निर्देशन गरे अनुसार राष्ट्रिय खेलकुद परिषदले टेण्डर नखोली थाँती राखेको थियो । परिषदले यूवा तथा खेलकुद मन्त्रालय र अर्थ मन्त्रालय निर्माण बजेटको शुनिश्चतता नगरेकोले टेण्डर खोल्न ढिलाई भएको बारे बताउँदै आएको थियो । तर मन्त्रि विश्वकर्माले निर्माण बजेटको शुनिश्चितत भइसकेको बताएका छन ।
पोखरा रंगशालको प्यारापिटको दोश्रो टेण्डर प्रक्रिया सकिन ६ दिन मात्रै बाँकी रहेको बताउँदै अब ५ दिन भित्रै सबै निर्णयहरु कार्यान्वयन समेत गरिने मन्त्रि विश्वकर्माले बताए । “हामी संग यस अघि छुट्टाइएको ५३ करोड छँदैछ, अब बाँकी रकम पनि अर्थ मन्त्रालयले शुनिश्चतता गरिसकेकोले टेण्डर प्रक्रिया खोल्ने तयारी भइरहेको हो” मन्त्रि विश्वकर्माले भने–“अब ‘डेटलाइन’ भित्र टेण्डर खोल्दैछौं ।”
पोखरा रंगशालाको प्यारापिट निर्माणका लागि चिन र नेपालको अर्को भारत र नेपालको जोइन्ट भेन्चर निर्माण कम्पनीको टेण्डर परेको छ । दुबै निर्माणको कम्पनीहरुको सबै कुरा अध्ययन भइसकेपनि टेण्डरको अन्तिम प्रक्रिया आर्थिक सम्बन्धी खोल्न बाँकी रहेको छ । अबको पाँच दिनमा आर्थिक टेण्डर खोले पछि मात्रै सबै कुरा थप स्पष्ट हुनेछ ।
पोखरा आएका मन्त्रि विश्वकर्माले शुक्रबार नै पोखरा रंगशालाको क्रिकेट मैदान, टेनिस कोर्ट र बहुउद्धेश्य कभर्डहलको निरिक्षण गरेका थिए । मन्त्रि विश्वकर्माले क्रिकेटका लागि आएको यस वर्षको १० लाख बजेटको काम थाल्न प्राविधिकलाई निर्देशन समेत दिएका छन । “हालका लागि क्रिकेट मैदानमा के आवश्यक छ त्यो चाँडै निर्माण सुरु गर्न भनेको छु” उनले भने । यसै गरि निर्माणाधिन टेनिस कोर्टमा समेत थप कोर्ट निर्माणका लागि पहल थाल्न उनले निर्देशन दिए । उनले बहुउद्धेश्यिय कर्भडहलमा समेत आवश्यक अन्य काम थाल्ने समेत बताए ।