जिल्ला क्रिकेट सँघ पर्बतको अध्यक्षमा रेशम केसी

पोखरा, २९ कार्तिक ।
जिल्ला क्रिकेट सँघ पर्बतको अध्यक्षमा रेशम बहादुर केसी निर्बिरोध चयन भएका छन । जिल्ला खेलकुद बिकास समिति पर्बतका अध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा कात्तिक ४ गते बसेको भेलाले केसीलाई अध्यक्षमा निर्बिरोध चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा सुजन शर्मा पौडेल, सचिबमा दिपेन्द्र शर्मा लामिछाने, कोषध्यक्षमा शिब श्रेष्ठ चयन भएका छन भने सदस्यहरुमा सरोज लम्साल, अजय लामिछाने र सञ्जय कँडेल रहेका छन । त्यस्तै समितिको बिशेष सल्लाहकारमा शिब शर्मा बास्तोला र मोहन आचार्य रहेका छन् ।

सँघका अध्यक्ष रेशम बहादुर केसीले आगामी दिनमा पर्बतको क्रिकेट बिकासका लागि महत्वपूर्ण कार्य गर्ने उद्देश्यका साथ सँघ गठन गरिएको बताए । पछिल्लो समय क्रिकेटले बिस्तारै स्थान पाउँदै गएको बताउँदै उनले भने–“गण्डकी प्रदेशलाई खेलकुदको केन्द्र बनाउन सम्बन्धित निकाय लागिपर्दा हाम्रो पनि दायित्वबोध होस् भन्ने बुझेर सँगठित भएका हौं ।”

उनले पर्बतमा क्रिकेट मैदानको अभाबका कारण पनि ड्युज बल खेल्ने खेलाडी अत्याधिक मात्रामा भएको उल्लेख गर्दै स्तरिय खेलाडी रुपमा बिकास गर्नका लागि सँघको बिशेष पहलकदमी रहने केसीले बताए ।

उनले बिगतमा धेरै क्रिकेट प्रतियोगिताहरु आयोजना गरेको उल्लेख गर्दै गत हप्ता (यू १९) धवलागिरी कप सम्पन्न गरेको समेत बताएका थिए । केसीका अनुसार गत सोमबार जिल्ला खेलकुद बिकास समिति पर्बतमा क्रिकेट सँघ दर्ता गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close