
पोखरा, २९ कार्तिक ।
१६ औं कर्णेल जेपी क्रस विद्यालय स्तरिय बास्केटबल प्रतियोगिता मंसिर १३–१७ गते सम्म पोखरा रंगशालाको बास्केटबल कोर्टमा हुने भएको छ । कास्की जिल्ला बास्केटबल संघको आयोजनामा हुने उक्त प्रतियोगितामा समाजसेबी तथा पूर्ब ब्रिटिश सेनाका कर्णेल जेपी क्रसको मुख्य प्रायोजनमा आयोजना हुँदै आएको छ ।
प्रतियोगितालाई भब्य रुपमा संचालन गर्नका लागि कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष ध्वज कुमार गुरुङको संयोजकत्वमा १३ सदस्यिय आयोजक उप समिती गठन गरिएको संघले जनाएको छ । प्रतियोगिताको आर्थिक समितीमा जमान सिं दुरा, विद्यालय समन्वयमा कृष्ण गुरुङ, शान्ति शुरक्षामा सुरेश गुरुङ र अतिथी सत्कार संयोजकमा गणेश सेन्चुरी रहेका छन ।
त्यस्तै पुरुस्कार तथा प्रमाणपत्र ब्यवस्थापनमा प्रदिप रसाइली, सचिबलयमा शिब पुन, प्रचार प्रसारमा अर्जुन परियार, निर्णायक तथा प्राविधिकमा अमर पुन, मञ्च ब्यबस्थापनमा भरत बानियाँ, ब्यानर ब्यबस्थापनमा बिशाल गुरुङ, प्राथमिक उपचारमा रोजी गुरुङ, स्वय सेवकमा बिशन राना र मैदान ब्यबस्थापनमा विष्णु गुरुङ रहेका छन ।
लिग कम नक आउटका आधारमा संचालन हुने प्रतियोगितामा छात्र तर्फ २० र छात्रा तर्फ १५ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा छात्र र छात्रा तर्फ प्रथम, द्वितिय र तृतिय हुने टिमले क्रमश नगद १०, ६ र ४ हजारका साथमा ट्रफी, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । गत वर्ष छात्र–छात्र दुबै तर्फ टप्स माबीले उपाधी जितेको थियो भने बाल कल्याण माबी छात्र र मनकामना माबी छात्रा तर्फको उपबिजेता रहेको थियो ।