
पोखरा, २८ कार्तिक ।
१३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनको तयारीमा जुटीरहेको भूतपूर्ब खेलाडी मंच नेपालले पोखरेली मंच यूकेका महासचिब मोहन थापालाई मंचको कार्यालयमा स्वागत गरेको छ ।
सो अबसरमा बोल्दै पोखरेली मंच यूकेका महासचिब थापाले यूकेमा रहेका पोखरेलीहरुले पोखराको लागि केही नयाँ गर्ने अठोटका साथ मंच गठन भएको बताउँदै पोखराको खेलकुद बिकासमा भूतपूर्ब खेलाडी मंचले गर्दै आएको कार्यको प्रंशासा गरे । उनले मंचले गर्दै आएको म्याराथनका लागि पोखरेली मंचले सहयोग गर्ने भन्ने बारे मंचले सकारात्मक रुपमा लिएको बताउँदै पोखराको बिकास र पहिचानका लागि पोखरेली मंचले सदैब सहयोग गर्ने बताए ।
महासचिब थापालाई स्वागत गर्दै मंचका अध्यक्ष तेज गुरुङले पोखरेली मंच यूकेले म्याराथन सफल पार्न खेलेको भूमिका प्रती प्रंशसा गर्दै पोखराको खेलकुद लगाएत अन्य क्षेत्रको बिकासमा पोखरेली मंचल यूकेले सुरु गरेको अभियानलाई सदैब साथ दिने बताए । उनले बिदेशमा रहेर पनि आफ्नो समाज र गाँउको बिकासमा सदैब चिन्तित मात्रै नभई बिकासका लागि समेत हातेमालो गरेकोमा आभार समेत प्रकट गरे ।
महासचिब थापालाई मंचका निवर्तमान अध्यक्ष खड्ग रानाभाट, द्वितिय उपाध्यक्ष डिल बहादुर गुरुङ, महासचिब खेम गुरुङ लगाएतले स्वागत गरेका थिए ।
स्मरिणय के छ भने पोखरेली मंच यूकेले २०७५ फागुन ७ गते हुने १३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनको सहयोगका लागि आगामी दिसेम्बर १४ मा यूकेमा च्यारिटी कार्यक्रम आयोजना गर्दैछ ।