पुष्पलाल स्मृती व्याडमिन्टन: रत्नजित र दिपेश अन्तिम आठमा

पोखरा, २८ कार्तिक ।
पूर्व विजेता राष्ट्रिय च्याम्पियन सेनाका रत्नजित तामाङ्ग र एपिएफका दिपेश धामी आठौं पुष्पलाल स्मृती राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगितामा अन्तिम आठको यात्रा तय गर्न सफल भएका छन् ।

पुष्पलाल स्मृती ब्याडमिन्टन प्रतियोगिताका लगातार छैटौ पटकका विजेता तामाङ्गले बुधबार सम्पन्न प्रिक्वटारफाईनलमा एपिएफका सुनिल जोशीलाई २१–६, २१–१७ को सोझो सेटमा पाखा लगाए । यस्तै दिपेशले सेनाका प्रफुल महर्जनमाथि २१–१५, २१–१५ को समान अन्तरमा पराजित गरे । यस्तै आजै भएको प्रतियोगिताबाट अन्तिम आठमा प्रवेश गर्नेमा नेपाल पुलिसका बिष्णु कटुवाल र निर विक्रम देवकोटा पनि रहे । बिष्णुले एफिएफका विजित थापामगरलाई २१–१७, २१–१४ तथा निर विक्रमले एपिएफकै सुदीप सेंढाईलाई १२–२१, २१–८, २१–१० ले हार चखाए ।

यसैगरि सेनाका रुकेश महर्जनले एपिएफका साजन कृष्ण ताम्राकारलाई २१–१८, २१–१४, सेनाकै नविन श्रेष्ठले पुलिसका जीवन आचार्यलाई २१–७, २१–१३, भोजपुरका विकास श्रेष्ठले एपिएफका गौतम कठायतलाई २१–१७, २१–१६ तथा सिल्क ग्रुपका प्रिन्स दाहालले पुलिसका दीपक बोहरालाई २१–१९, २१–१४ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाए ।

नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा सातौं संस्करणकी विजेता एपिएफकी जेशिका गुरङ्गले जित निकाल्दै क्वाटरफाईनलमा स्थान बनाईन् । जेशिकाले भोजपुरकी सिता राईलाई २१–१७, २१–१९ ले पराजित गरिन् । यस्तै सेनाका नङ्गशल देवी तामाङ, अनुमाया राई, रशिला महर्जन, रञ्जना भट्ट र अमिता गिरीले पनि जित निकाल्दै अन्तिम आठमा स्थान बनाए । तामाङले जेष्टकी महिमा श्रेष्ठलाई २१–५, २१–३, अनुले जेष्टकै सफि खत्रीलाई २१–५, २१–१०, रशिलाले जेष्टकै मनिषा खड्कालाई २१–८, २१–४, रञ्जनाले मोरङ्गकी सिमा राजबंशीलाई २१–१८, १७–२१ र २१–१६ तथा अमिताले भोजपुरकी लोकतमा राईलाई २१–२, २१–८ ले पाखा लगाए ।यसैगरि बाँकेकी संझना शर्माले एपिएफकी सुनैना मुखियालाई २१–१३, २१–१९ एफिएफकी शोभा गुरुङ्गले जेष्टकी तारा आलेलाई २१–१८, २१–१३ले पराजित गर्दै क्वाटरफाईनलमा स्थान पक्का गरे ।

खुला तर्फ पनि जित निकालेका शिल्क ग्रुपका प्रिन्स दाहलाले यु—१७ तर्फको पुरुष एकलमा दाङ्गका सुरज गुप्तालाई पाखा लगाए । दाहालले २१–५, २१–६ को जित निकाले । यसै गरि कैलालीका जय बि साउदले चितवनका अलिष थापामाथि २१–१५, २१–१२ को जित हात पारे । जित हात पार्ने क्रममा जेष्ट ब्याडमिन्टन एकेडेमीका प्रियान्सु सिंह क्षेत्रीले सुर्खेतका नरेन्द्र ठकुरीलाई २१–७, २१–१७, दाङ्गका हिमांशु कुँवरले बाराका अनिश खतिवडालाई १७–२१, २१–१९, २१–१५, कैलालीका अमृत चौधरीले कंचनपुरका बिवेक चौधरीलाई २१–१८, २१–१५, सेनाका दिवेश शंकरले नेपालगंजका सफल थापालाई २१–१०, २१–१५, कंचनपुरका हिमाल चन्दले चितवनका मनिष थापालाई २१–१२, २१–११ त्था जेष्ट ब्याडमिन्टनका पेम्बा शेर्पाले ते¥हथुमका क्षितीज के.सी.लाई २१–६, २१–१२ ले हार चखाए ।

यस्तै सोही समूहको महिला एकल तर्फ जेष्टका दिमोना के.सी. र स्मृती राई, कंचनपुरकी विष्णा बिष्ट तथा झापाकी अन्जना राईले पनि अन्तिम आठमा प्रवेश गरे । के.सी.ले धन्वन्तरीकी साम्भवी पालकबाट वाक ओभर प्राप्त गरिन् । राईले ललितपुरकी कृश्मा बज्राचार्यलाई २१–१४, २१–७, बिष्टले जेष्टकी बिद्या खड्कालाई २१–६, २१–९ ले तथा अन्जनाले जेष्टकी अनुशा न्यौपानेलाई २१–१०, २१–८ ले पाखा लगाए ।

भेट्रान्स तर्फको प्रतिस्पर्धामा सेनाका सुभाष श्रेष्ठ र भुमी गुरुङ्गको जोडी, जेष्टका अनुज पौडेल र प्रेम घलेको जोडी, ललितपुरका सुनिल मान शाक्य र पूर्ण भक्त चित्रकार तथा नविन बाबु श्रेष्ठ र श्याम पराजुलीको जोडी पनि आफ्ना प्रतिद्वन्दिलाई पाख लगाउंदै अन्तिम आठमा पुगे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close