कराते खेलाडी पर्शुराम क्यानाडा प्रस्थान

काठमाडौं, २८ कार्तिक ।
कराते खेलाडी पर्शुराम बाँस्तोला १९ औं वार्षिक सातो कपमा सहभागी हुन बुधबार क्यानाडाको भेन्कुभर प्रस्थान गरेका छन् ।

३५ राष्ट्रको सहभागिता रहने प्रतियोगिता नोभेम्बर १७ तारिखमा हुनेछ । उनले एकल कातामा नेपालको चुनौती प्रस्तुत गर्नेछन् । प्रशिक्षमा मुकेश बरुवाल रहेका छन् । बरुवाल नोभेम्बर ११ तारिखमै क्यानाडा पुगिसकेको पर्शुरामले जनाएका छन् । बरुवाल मकाउबाट क्यानाडा गएका हुन् ।

पर्शुरामलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले बुधरबार एक कार्यक्रमबीच बिदाइ गरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close