न्यू ग्यालेक्सीको रजत जयन्ती मनाउन बास्केटबल प्रतियोगिता

पोखरा, २८ कार्तिक ।
पोखरा नदिपुर स्थित न्यू ग्यालेकसी माबीले आफ्नो रजत जयन्तीको अबसरमा आयोजित विभिन्न कृयाकलाप अन्र्तगत अन्तरमाबी विद्यालय स्तरिय बास्केटबल प्रतियोगिता आयोजना गरेको छ ।

बुधरबार भएको छात्र तर्फको उद्घाटन खेलमा हिल पोइन्ट माबीले रेन्बो माबीलाई ३९–१८ को स्कोरले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेको छ । यस्तै मंगलबार नै सम्पन्न अन्य प्रथम चरणका खेलमा बाल कल्याण माबीले माउन्ट अन्नपूर्ण माबीलाई ४५–२६, मनकामनाले आयोजक न्यू ग्यालेक्सीलाई ३५–२८ र लिटिल स्टेपले विन्द्येश्वरीलाई २४–०८ को स्कोरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेका छन ।

यस्तै गरि छात्रा तर्फको खेलमा हिल पोइन्टले न्यू ग्यालेक्सीलाई १०–८ र लिटिलस्टेपले २०–० ले पराजित गरेका छन । प्रतियोगितामा बिजयी खेलाडीले छात्र तर्फ प्रथम र द्वितियले क्रमश नगद ८ र ४ हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन । यसै गरि छात्रा तर्फ प्रथम र द्वितियले क्रमश नगद ५ र ३ हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक बिर बहादुर गुरुङले बताए ।

कार्तिक ३० गते सम्म संचालन हुने प्रतियोगिताको पोखरा लेखनाथ महानगरपालिका वडा नं ३ का अध्यक्ष रबिन्सन प्रजुले उद्घाटन गरेका थिए । बिद्यालयका प्राचार्य डा.रामजी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका संरक्षक डा.राधेश्याम कायस्थ, निर्देशक राजु कायस्थ, कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष ध्वज कुमार गुरुङ लगाएतले बोलेका थिए ।

विद्यालयका प्राचार्य डा. शर्माका अनुसार न्यू ग्यालेक्सीले आफ्नो रजत जयन्तीका अबसरमा सामाजिक, शैक्षिक र स्वास्थ्य लगाएतका विभिन्न जनचेतना मुलक कार्यक्रमहरु अयोजना गरिने बताएकाछन । उक्त विद्यालय विंस २०५१ मा स्थापनन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close