खनाल १३ औं साग सचिवालय प्रमुख

काठमाडौं, २७ कात्तिक ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राखेपका वरिष्ठ अधिकृत कमल खनाललाई १३ औं दक्षिण एसियाली खेलकुद (साग) तयारी तथा व्यवस्थापन समितिको सचिवालय प्रमुखको जिम्मेवारी दिएको छ ।

 

कुशल प्रशासकका रुपमा चिनिएका खनालसंग राखेपका महत्वपूर्ण विभाग प्रशासन विभाग तथा खेलकुद विकास विभागको प्रमुख भइ काम गरेको अनुभव छ । साथै खनालले सुदूरपश्चिमाञ्चलमा भएको छैटौं र पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदको सचिवालय प्रमुखका रुपमा समेत कार्य गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close