मनकामना केवलकार कप माघको दोश्रो साता

पोखरा, २७ कार्तिक ।
तेश्रो संस्करणको मनकामना केवलकार कप अन्तर्राष्ट्रिय फुटवल प्रतियोगिता आगामी माघको दोश्रो सातादेखि पोखरा रंगशालामा शुरु हुने भएको छ । आयोजक कास्की जिल्ला फुटवल संघले प्रतियोगिताको तयारी शुरु गरेको छ ।

“प्रतियोगिताका लागि पहिलो चरण अन्तर्गत मैदानको स्तरोन्नतीको काम भइरहेको छ”–संघ कास्कीका अध्यक्ष मिलन गुरुङ्गले भने । मैदान गोडमेलका लागि अहिले दैनिक दश जनाले काम गरिरहेका छन् । मैदान सम्याउने, झार उखेल्ने र दुबो रोप्ने काम अर्को हप्तासम्म सकिने अध्यक्ष गुरुङ्गले बताए । त्यस लगत्तै मैदानमा पानी हाल्ने र तारबार गरेर संरक्षण गरिने पनि उनले जनाए । यसका लागि झण्डै पाँच लाख खर्च लाग्ने फुटवल संघको अनुमान छ ।

मैदानको काम सकिए लगत्तै प्रतियोगिता सम्पन्न पार्न विभिन्न उपसमिति गठन गरिने संघका उपाध्यक्ष विश्व तण्डुकारले बताए । मैदानको पश्चिम तर्फ भत्किएको प्यारापिटमा दर्शक बस्न मिल्ने गरि उचित व्यवस्था गरिने पनि तण्डुकारले जानकारी दिए । प्यारापिट भएको ठाउँमा अहिले बयँर झाडि पलाएको छ । झाडि फाँडेर त्यसलाई सम्याउने, मैदानको पूर्वतर्फ स्काइफोल्डर राख्ने र भिआइपीहरुका लागि मञ्चको व्यवस्थापन गरिने उनले बताए । “हामी झण्डै तीन चार हजार दर्शकले राम्रो संघ खेल अवलोकन गर्न मिल्ने गरि काम गर्छौ” तण्डुकारले भने ।

संघ कास्की यसपटकको प्रतियोगितामा चार विदेशि टिम ल्याउने प्रयासमा छ । त्यसबाहेक नेपालका उत्कृष्ट ए डिभिजन क्लव, विभागिय टिम तथा आयोजक सहित १२ टिमलाई प्रतियोतिगामा सहभागिता गराइने संघले जनाएको छ ।

संघले यसअघि मनकामना केवलकारका दुई वटा संस्करण पुरा गरिसकेको छ । संघ र केवलकारविच तीन संस्करणको सम्झौता भएको थियो । यो प्रतियोगिता संगै पुरानो सम्झौता पुरा हुनेछ । केबलकारले संघ संगको सहकार्यमा आगामी वर्षहरुमा पनि प्रतियोगिता आयोजना इच्छा प्रकट गरेको अध्यक्ष मिलन गुरुङ्गले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close