अन्तर्राष्ट्रिय मुवाँथाई पदक विजेता खेलाडीहरु सम्मानित

काठमाडौं, २५ कार्तिक ।
बज्रबाराही मुँवा थाई क्लब र टिकाभैरव बुदोकैदो शाखाले संयुक्त रुपमा अन्तराष्ट्रिय पदक विजेता खेलाडीहरुलाई सम्मान गरेको छ ।एक कार्यक्रमविच प्रमुख अतिथी गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले खेलाडीहरुलाई सम्मान पत्रद्वारा सम्मान गरेका थिए ।

तिहार, छठ तथा नेपाल संवतको उपलक्षमा आयोजित चियापान तथा खेलाडी सम्मान कार्यक्रमको आयोजना गर्दै खेलाडीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुने खेलाडीहरुमा र १९ र २० अगष्टमा थाईल्याण्डमा सम्पन्न दोश्रो थाईल्याण्ड गभरमेन्ट अथोरिटी क्योकुशिन अन्तर्राष्ट्रिय प्रतियोगितामा खुला तौल समूहमा प्रथम स्थान हात पार्ने बिजय सिंह र तेश्रो स्थान हात पार्ने कबीराज माली तथा ३५ केजी तौलमा रजत पदक प्राप्त खेलाडी दिपेश सापकोटा रहेका छन् । बिजयले ईन्डोनेसियामा ६ र ७ अगष्टमा आयोजना भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण क्योकुशिन प्रतियोगितामा खुला तौलमा बेष्ट फाईटर उपाधी समेत हात पार्न सफल भएका थिए ।

यस्तै नेपालमा आयोजना भएको तेश्रो केब्याग अन्तर्राष्ट्रिय मुँवाथाई च्याम्पियनसिप प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने शर्मिला गुरुङ्ग ४५ केजी, गुणराज खचाल ६० केजी, रावल श्रेष्ठ ६५ केजी, सन्देश मानन्धर ७० केजी तथा ५५ केजीमा रजत पदक प्राप्त गर्ने कविन देशार रहेका छन् ।

कार्यक्रममा गोदावरी वडा नं. १० का अध्यक्ष दर्शन कुमार बिष्ट, ११ का वडा अध्यक्ष निल बहादुर श्रेष्ठ, आईकेओ क्योकुशिन ब्रान्च चिफ कान्छालाल वाईवा लगायतको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close