फिना विश्वकप कपमा सहभागी पौडी खेलाडीलाई बिदाई

काठमाडौं, २५ कार्तिक ।
सिंगापुरमा आयोजना हुने फिना विश्वकप कप २०१८ मा सहभागी हुन जाने नेपाली पौडी टोलीलाई नेपाल पौडी संघका महासचिव जगतमान श्रेष्ठले एक कार्यक्रमका विच बिदाई गरे ।

यही नोभेम्बर १५ देखि १७ सम्म आयोजना हुने प्रतियोगितामा खेलाडी तर्फ डुवाना लामा, उपास्ती महर्जन तथा साईद हम्जा शाह, प्रशिक्षकमा रत्नलाल महर्जन तथा ब्यवस्थापकमा बिष्णु खड्का रहेका छन् । प्रतियोगितामा डुवाना र उपास्तीले ५० मि. फ्रि स्टायल र ५० र १०० मि. बेष्ट स्ट्रोक तथा शाहले ५० मि. फ्रि स्टायल, ५० र १०० मि. बेष्ट स्ट्रोक र ५० र १०० मि. बटरफ्लाईमा प्रतिस्पर्धा गर्ने छन् । सवै खेलाडीहरुको पहिलो अन्तराष्ट्रिय सहभागिता हो ।

बिदाई कार्यक्रममा नेपाल पौडी संघका सचिव एवं बरिष्ठ प्रशिक्षक ईश्वर कार्की, पूर्व प्रमुख प्रशिक्षक वाङ्गदेन लामा र प्रमुख प्रशिक्षक शंकर कार्कीको पनि उपस्थिती रहेको थियो । टोलीलाई बिदाई गर्दै महासचिव श्रेष्ठले उत्कृष्ट सफलता हात पार्न शुभकामना दिए ।

प्रतियोगितामा नेपाली खेलाडीहरुले आफ्नो ब्यक्तिगत समयमा सुधार गर्ने र आगामी दिनमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता तथा १३ औं दक्षिण एशियाली खेलकुदमा राम्रो नतिजा प्राप्त गर्न सफल हुने प्रमुख प्रशिक्षक शंकर कार्कीले बताए । नेपाली टोली आईतबार त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close