
केशब पाठक,
पोखरा, २२ कार्तिक ।
म्याराथन तत्कालिन ग्रिक बाट उत्पती भएको मानिन्छ । इश्वी सम्बत ४९० मा तत्कालिन ग्रिकले युद्ध जित्दा फिडेपिड्स नामका एक पत्र सम्बाहकले यूद्ध जितेको समाचार दिन दौडेको इतिहासलाईनै म्याराथनको रुपमा लिने गरिन्छ । मोर्डन खेल जगतमा म्याराथन दौड ४२.१९५ किलोमिटर कायम गरि विगतको इतिहासलाई खेल क्षेत्र बाट शुरक्षित गर्न खोजिएको छ । म्याराथन खेलले सन १९०८ को लण्डन ओलोम्पिकमा पहिलो पटक प्रवेश पाएको हो । जोनी हायस यसको पहिलो बिजेता हुन ।
१८९६ मा आधुनिक ओलोम्पिकको सुरुवात भए संगै अहिले विश्वका ८ सय भन्दा बढी ठाँउहरुमा म्याराथन आयोजना गर्ने गरिन्छ । चाहे ठूला शहरको पहिचान गराउन होस वा कुनै देशको बिकासको मापन यन्त्र पनि बनेको छ म्याराथन । त्यसकारणले पनि खेल क्षेत्रको उत्कृष्ट खेलको रुपमा म्याराथनलाई लिने गरिन्छ र चासोका साथ आयोजना गरिन्छ । विश्वका ठूला शहरमा आयोजना हुने म्याराथनमा अफ्रिकी मुलुक इथोपिया, केन्या जस्ता देशहरुकोे वर्चश्व रहँदै आएको छ ।
विश्वका ठूला शहरमा आयोजना हुने म्याराथन मध्येको एक अमेरिकाको बोष्टन म्याराथन १८९७ मा सुरु भएको हो । बोष्टन म्याराथनले १ सय २१ वर्षको इतिहास कायम गरेको छ । बोष्टन म्याराथनमा एकै पटकमा ३८ हजार दौडन्छन । लण्डन म्याराथन पनि विश्वकै चर्चित म्याराथन हो । शिकागो, न्यु योर्क सिटी, लस एन्जलस, रोम, बर्लिन, टोकियो, दिल्ली र मुम्बई जस्ता ठूला शहरमा म्याराथनलाई निकै महत्वका साथ आयोजना गरिन्छ ।
यस्ता म्याराथनमा राष्ट्र प्रमुख देखि लिएर सर्बसाधारण एक दिनका लागि संगै म्याराथनमा सहभागी हुने गर्दछन । यस्ता शहरमा आयोजना हुने म्याराथनमा हजारौ मानिस संगै दौडिन्छन । यो खेलको बिकास संगै स्वास्थ्यका लागि पनि चेतना जागृत गर्दै शहरको नामलाई विश्व रंगमञ्चमा अगाडी ल्याउने उद्धेश्यका साथ पे्ररित छ । नेपालमा पनि म्याराथनको आफ्नै महत्व छ । तत्कालिन गोर्खाको लिग लिग कोट दौड पनि यसैको एक नमुना हो । यद्धपी लिगलिग कोट दौड भने म्याराथन भित्र पर्दैन ।
पोखरामा भूतपूर्व खेलाडी मंच नेपालले आयोजना गरेको उद्धेश्य पनि यहि कुरा संग सरोकार राख्दछ । २०५९ बाट पूर्व खेलाडीहरुले शुरु गरेको पोखरा म्याराथनको पहिचान बढ्दै गएको छ । १३ औं संस्करणको श्रृखंलामा पुगेको म्याराथनले नेपालका अन्य शहरलाई पनि म्याराथन प्रतियोगिता के हो र किन गर्नु पर्छ भन्ने कुरा लाई आत्मसाथ गराएको छ । पोखरा म्याराथन पछि नै काठमाण्डौ म्याराथन, लुम्बिनी म्याराथन, एभरेष्ट म्याराथन जस्ता म्याराथनले स्थान पाएका छन । नेपालमा भूतपूर्व खेलाडी मंचले आयोजना गरेको पोखरा म्याराथन सबै भन्दा पुरानो, लोकप्रिय र नेपालका अन्य शहरमा आयोजनाहुने म्याराथनको पनि मातृ म्याराथन मध्येको हो भन्नु फरक पर्दैन ।
हरेक वर्ष प्रजातन्त्र दिवशका अर्थात फागुन ७ गते आयोजना हुने पोखरा म्याराथनले धेरैनै आरोह अवरोह पार गरेको छ । कहिले प्रायोजकको अभाव र कहिले राज्य बाट कुनै सहयोग नहुनु त कहिले मुलुकको राजनितिक अवस्थाले । प्रायोजकै अभावमा करिव ३ वर्ष आयोजना नै भएन पोखरा म्याराथन । तर फेरी यसले निरन्तरता पाएको छ ।
पोखरा म्याराथन कहिले आयोजना होला र दौडन पाइन्छ भन्ने पोखरेलीको जमात पनि उत्तिकै बढ्दै गएको छ । कुनै बेला ३ सय जना नपुग्ने म्याराथनमा अहिले गत वर्षकै कुरा गर्ने हो पनि ४ हजार भन्दा बढी रंगशालामा उपस्थित थिए । यस वर्ष त्यो शंख्या ह्वात्तै बढने अनुमान छ । “दौडौ स्वास्थ्यका लागि, दौडौ पोखराका लागि” भन्ने नाराले पनि सबै पोखरेलीलाई एकै ठाउँमा उभ्याउन सार्मथ्य राखेको छ पोखरा म्याराथनले ।
यो अर्थमा भन्दा खेलकुदको कुनै पनि वृहत आयोजना मध्येको एक महत्वपूर्ण आयोजना हो पोखरा म्याराथन । यसलाई हालाका दिनमा लक्ष्मी हाउसको सफल दुधले साथ दिएको छ । यो जन–जन र मन मष्तिस्कमा प्रभाव पार्न सफल भएको छ । विदेश बाट आउने सहभागीले यसलाई थप उचाईमा पु¥याउन सहयोग पु¥याएको छ । पोखरा म्याराथन अब पोखरेलीहरुको संस्कृती बनेको छ । पोखरा म्याराथन सबै बर्गकालाई एकै सुत्रको रुपमा बाँध्ने यसको प्रयास पनि हो ।
पोखरा आफैमा खेल संस्कृती भएको लाहुरे बस्ती भएकोले पनि पोखरा म्याराथनको उचाई बढ्दै गएको हो । यो खेलकुदका लागि मात्रै नभई पोखराको विशेष पर्बको पनि पर्ब मात्रै नभई गौरब पनि हो । यो पर्बमा सरिक भएर पोखराको गहनाको रुपमा स्थापित पोखरा म्याराथनलाई सफल बनाउन सबैको उत्तिकै दायित्व पनि हो । अस्तु ।
Thank you so much