
पोखरा, २१ कार्तिक ।
अमेरिका स्थित बोष्टन च्याप्टरका सल्लाहाकार भुवन गुरुङले पोखरा म्याराथनलाई अमेरिका समेत प्रचार प्रसार गर्ने बताएका छन । तिहार मनाउन पोखरा आएका गुरुङले जसरी अमेरिकाको वोष्टन शहर म्याराथन शहरको रुपमा विश्व खेलकुद मानचित्रमा आफ्नो प्रख्याती पाएको छ त्यसरिनै पोखरा म्याराथनलाई पनि पु¥याउन आवश्यक रहेको कुरा औंल्याए ।
पोखरा म्याराथनको आयोजक भूतपूर्व खेलाडी मंचका अध्यक्ष लगाएत अन्य पदाधिकारी संगको भेटमा गुरुङले पोखरालाई म्याराथन सिटीको रुपमा अगाडी बढाउन खेलेको भूमिकाप्रती खुसी व्यक्त गरे । “यो काम कुनै एक संस्था वा व्यक्तिले मात्रै गरेर हुँदैन यसलाई सफल बनाउन सबैको उत्तिकै महत्वपूर्ण भूमिका रहनु पर्छ” सल्लाहकार गुरुङले भने ।
स्मरिणय के छ अमेरिकाको वोष्टन शहर म्याराथनको मातृ शहरको रुपमा प्रख्यात छ । वोष्टन म्याराथनको १२१ वर्षको इतिहास रहेको छ । वोष्टन म्याराथन सन १८९७ बाट सुरु भएको हो । यहाँको म्याराथनमा वर्षेनी संसारका धावकहरु सहित एकै पटक हजारौ मानिस दौडने गर्दछन । केन्याका धावक डेनिस किपरुटो किमोतोसले सन २०१४ मा २ घन्टा ०२ मिनेट ५७ सेकेन्डको रेकर्ड अहिले सम्मकौ उत्कृष्ट हो ।
मंचका अध्यक्ष तेज गुरुङले सल्लाहाकार गुरुङ संगको भेट महत्वपूर्ण रहेको बताएका छन । उनले पोखरा म्याराथनका लागि यूके, हङकङ लगाएत अन्य मुलुकका नेपालीहरु बाट पाएको सुझाब बाट आफूहरुलाई निकै हौसला प्राप्त भएको बताए । वोष्टन, लण्डन, बर्लिन वा अन्य देशमा आयोजना हुने ठूला म्याराथन जस्तै पोखरालाई पनि त्यसै गरि म्याराथन शहरको रुपमा परिचित गराउन लागि परेको बताए । भेटमा मंचका प्रथम उपाध्यक्ष हरी प्रसाद पराजुली, महासचिब खेम गुरुङ लगाएत अन्य सदस्यहरुको उपस्थिती रहेको थियो ।
भूतपूर्व खेलाडी मंच नेपालले आयोजना गर्ने १३ औं संस्करणको म्याराथन फागुन ७ गते पोखरामा हुनेछ ।