नमस्ते पिपिएलको उपाधी पोखरा पल्टनलाई

पोखरा, २० कार्तिक ।
पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगितामा पोखरा पल्टन च्याम्पियन हुँदै उपाधीको खाता खोलेको छ । यस क्षेत्रकै क्रिकेट इतिहासमा निजी स्तर बाट पहिलो पटक आयोजना भएको प्रतियोगितामा पोखरा पल्टन च्याम्पिएन बन्न सफल भएको हो ।

प्रतियोगिताका म्यान अफ दि सिरिज रबी इन्दर सिंहको उच्च प्रर्दशनले पोखराले चितवन राइनोजलाई ३ बिकेटले पराजित गरेको हो । यस अघि टस हारेर व्याटिङको निम्तो पाएको पारस खडका कप्तानी रहेको चितवनले पोखरालाई १६१ रनको लक्ष्य दिएको थियो । सोही लक्ष्य पछ्याउने क्रममा रबीेले ५८ बलमा १३ चौका र ३ छक्काको मद्धतले ९० रनको व्यक्तिगत रन बनाए पछि पोखराको स्थिती बलियो बनेको थियो ।

पहिलो ओभरको दोस्रो बलमै व्यक्तिगत ४ रन बनाउँदै कुशल भुर्तेल आउट भएपछि रवि इन्दर र आसिफ शेखले दोस्रो विकेटको लागि ५७ रनको साझेदारी गर्दै टिमलाई जिततर्फ अग्रसर गराएका थिए । दोस्रो विकेटको रुपमा आसिफ शेख १२ रनमा आउट हुदा टिमले ६५ रन जोडेको थियो । खेलमा मोहमद नाभिद १४ बलमा २५ रन बनाउँदै सन्नी पटेलको शिकार बने । कप्तान शरद भेषवाकर २२ रन रन जोड्दा भूवन कार्कीको एलबिडब्लु धरापमा परे । यता चितवनकालागि भुवन कार्कीले २ तथा सन्नी पटेल र करण केसीले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले पहिले ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो । टिम कप्तान पारस खड्काले ५१ रनको अर्धशतकीय पारी खेले उनले ३७ बलमा ९ चौका प्रहार गरे । चितवनले पहिलो विकेटको रुपमा हरिशंकर साहलाई ८ रनमा गुमाएको थियो । त्यसपछि क्रिजमा रहेका कप्तान पारस र अनिलले दोस्रो विकेटको लागि रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।

चितवनका लागि अनिल शाह र सन्नी पटेलले तेस्रो विकेटको लागि ५० रनको साझेदारी गरे । शाहले ३७ रनमा आउट हुँदा उनले ३८ बलमा ३ चौका र १ छक्का प्रहार गरे । आक्रमक इनिङ्स खेलेका सन्नीले २१ बलमा ४ छक्का र ३ चौकको सहयोगले ४३ रन बनाए । आरिफ शेख १४ नटआउट रहे । करण केसी शुन्यमा आउट भए । पोखराका कृष्ण कार्कीले २ तथा मोहम्मद नाभिद र ललित नारायण राजवंशीले समान १ विकेट लिए ।

च्याम्पियन बनेसँगै पोखराले नगद २७ लाख रुपैया संगै पिपिएल ट्रफी प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको चितवनले १० लाख रुपैया प्राप्त ग¥यो । विजयी टिम तथा खेलाडीलाई पूर्व प्रधाननमन्त्री तथा नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले ट्रफी नगद तथा मेडल वितरण गरेका थिए ।

फाइनल खेलमा क्लिएर क्याचको अवार्ड अनिल कुमार शाहले जिते । त्यस्तै सुविसु फास्टेस्ट फिफ्टी र म्यान अफ दि फाइनलको दुवै अवार्ड पोखराका रवि इन्दर सिंहको पोल्टामा गयो । त्यस्तै पोखरा कै रासिद खान इमर्जिङ प्लेयरको उपाधि जित्दै ५० हजार नगद जित्न सफल भए । प्रतियोगितामा बेस्ट बलर चितवन राइनोजका करन केसी र बेस्ट ब्याट्सम्यान काठमाडौं रोयल्सका गौरव तोमर बन्दै सुजुकी मोटरसाइकल जित्न सफल भए । प्लेयर अफ दि टुर्नामेण्टको उपाधि भने चितवनका सन्नी पटेल भए । उनले सुजुकीको तर्फबाट मोटरसाइकल जिते । त्यस्तै पोखराका ललित नारायण राजवशीं प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर बन्दै नगद १ लाख १ हजार रुपैयाँ जित्न सफल भए ।

९ कार्तिकबाट सुरु भएको प्रतियोगितामा विभिन्न ६ शहरका ६ टिमले राउन्ड रोविन लिगको आधारमा प्रतिस्पर्धा गरेका थिए । पोखरा पल्टन, चितवन राइनोज, हुलास काठमाडौं रोयल्स बुटवल ब्लास्टर्स, एक्सपर्ट धनगढी ब्लुज र विराटनगर टाइटन्सले प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए ।

तस्विरः विजे नेपाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close