
पोखरा, १९ कार्तिक ।
देउराली युवा क्लब अन्नपूर्ण गाउँपालिका वडा नं ७ तोल्का द्वारा क्लबको १५ औं बार्षिकोत्सब तथा दिपावलीको अबसरमा आयोजित साबिक वडा स्तरिय भलिबल प्रतियोगिताको उपाधी चण्डी युवा क्लब साबेतले जितेको छ ।
हिमालय माबिको प्राङ्गणमा सोमबार सम्पन्न फाईनल खेलमा सँगम युवा क्लब बाग्लुङलाई २५–२३,२५–२३ र २५–१७ को सोझो सेटले पराजित गर्दै साबेतले उपाधी जितेको हो ।
उपाधी सँगै बिजेता टिम साबेतले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ४० हजार प्राप्त ग¥यो भने उपबिजेता टिम बाग्लुङले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु २५ हजारमानै चित्त बुझायो ।
प्रतियोगिताबाट उत्कृष्ट खेलाडीको रुपमा साबेतका दिपु बिक त्यस्तै उत्कृष्ट डिफेण्डर बाग्लुङका मिन सुनार, उत्कृष्ट सटरको रुपमा बाग्लुङकै किश्मन थापा, उत्कृष्ट लिफ्टर सोही क्लबकै गणेश चालिसे, उत्कृष्ट ब्लकर साबेतका बिश्वास बिक तथा उदीयमान खेलाडीको रुपमा साबेतकै मनोज गुरुङ घोषित भएको कार्यक्रम सञ्चालक तथा युवा समाजसेवी भरत गुरुङले बताए ।
उनका अनुसार भेट्रान्स भलिबल तर्फ तोल्क ाटिम “बि”र डोरी तान्ने खेलमा तोल्काकै चैत बहादुरको टिम बिजयी भएको छ । त्यस्तै छेलो फाल्ने प्रतियोगितामा प्रथम मन बहादुर बिक र होम बहादुर बिक द्वित्तीय भएका थिए ।
समापन कार्यक्रमका प्रमुखअतिथि अन्नपूर्ण गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष घनश्याम चापागाई, युवा समाजसेवी भरत गुरुङ तथा कुमार गुरुङ र प्रायोजकहरुले बिजयी टिमहरुलाई पुरस्कार प्रदान गरेका थिए । समपान कार्यक्रममा आर्थिक सहयोग गर्ने सहयोग दाता तथा भलिबल रेफ्रि टंक बहादुर र सुमन परियारलाई सम्मान समेत गरिएको थियो ।
।