
पोखरा, १९ कार्तिक ।
नेपाली राष्ट्रिय टिमका क्रिकेट टिमका कप्तान पारस खडकाले सहारा क्लब पोखरा द्वारा संचालित सहारा एकेडेमीको निरिक्षण भ्रमण गरेका छन ।
पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगिताका लागि चितवन राइनोजका कमाण्ड सम्हालेका पारसले पोखरा १७ दोबिल्ला पुगेर त्यहाँ अश्रित बालकहरु संग भेटेर जानकारी लिएका थिए । पहिलो पटक फुटबलको एकेडेमी पुगेको उनले क्रिकेटमा समेत सहारा एकेडमी जस्तै एकेडेमीको खाँचो रहेको औल्याए ।
कप्तान पारसले कुनै पनि राम्रो काम अगाडी बढाउन संचार क्षेत्रको हात ठूलो रहेको बताउँदैं सहारा क्लबले गरेको काम पनि खुलेर प्रशंसा गरे । उनले भने–“अहिलो पोखरामा राम्रो पिच बनेको छ र क्लोज कयाम्प पोखरामानै गर्ने कुरामा छलफल अघि बढाइएको छ ।”
कप्तान पारस खडकाले नेपाली क्रिकेटको सबै टिम सदस्यहरु एकेडेमीमा रहेका बालकहरु संग फुटबल फ्रेण्डली म्याच खेल्ने समेत बताउँदै भने “हामी सबै नेपाली क्रिकेट टिमका सदस्यहरु एकेडेमीमा रहेका बालकहरु संग फ्रेण्डली फुटबल म्याच खेल्ने चाहन्छौं ।” उनले एकडेमीका लागि आवश्यक परेको खण्डमा सहयोग गर्न तयार रहेको समेत बताए ।
नेपाली क्रिकेट टिमका प्रशिक्षक जगत टमटा, नेपाल खेलकुद पत्रकार मंचका प्रथम उपाध्यक्ष देबेन्द्र सुबेदी, मंचका महासचिब प्रकाश तिमिल्सिना, पिपिएल आयोजक क्विन्स इभेन्ट्सका प्रवनध निर्देशक छ्म्बी लामा लगाएत अन्य संचारकर्मीको टोली समेत एकेडेमी निरिक्षणका लागि दोबिल्ला पुगेका थिए ।
सो अबसरमा सहारा क्लबका निर्वमान अध्यक्ष बिरभद्र आचार्य, पूर्व अध्यक्ष बिक्रम थकाली, वरिष्ठ उपाध्यक्ष हरेराम गुरुङ (सुरज) सचिब रामजी अधिकारी लगाएतले उनीहरुलाई स्वागत गरेका थिए ।