नबन्ने भयो पोखराको फुटबल रंगशाला, साग महिला फुटबल समेत पोखरामा नहुने पक्का

केशब पाठक,
पोखरा, १९ कार्तिक ।
अन्तत पोखरा रंगशाला भित्रको फुटबल रंगशाला नबन्ने निश्चित भएको छ । दुइृ–दुइ पटकको टेण्डरमा घुन लाग्ने भए पछि यती पोखरेलीहरु भने आक्रोशित हुन थालेका छन । राष्ट्रिय खेलकुद परिषदले बनाउने भन्दे डेढ वर्ष अघि भत्कायो । दुई–दुई पटक टेण्डर ग¥यो । रंगशाला भत्काएर भताभुङ पारियो । दुई–दुई पटकको टेण्डरमा परिषद भित्रै ढुसी पलायो । रंगशाला भत्काइयो भताभुङ पारियो अहिले परिषद मन्त्रालय सबै मुखा हेराहेर मात्रै गर्छन र भन्छन रंगशाला नबन्ने स्थिती भयो । अर्चात पोख्रेलीहरुलाई नमज्जा संग झुक्काइयो ।

पोखरा रंगशालाको फुटबल प्यारापिट नबन्ने भएपछि पोखरामा १३ औं दक्षिण एशियाली खेलकुदमा हुने भनिएको १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्र्तगतको महिला फुटबल पोखरामा नहुने भएको छ । अब १३ औं साग महिला फुटबल शसस्त्र प्रहरीको मुख्यालयको मैदानमा हुने भएको छ । १ अर्ब ३२ करोडको लागतमा बन्न लागेको फुटबल रंगशालाको लागि परिषदले ५३ करोड छुटएको पनि थियो । अब त्यो रकम पनि खर्च नभई फिर्ता जाने भएको छ ।

पोखरेलीहरुको प्रश्न र आवेग
रंगशाला नबन्ने भएपछि पोखरामा हुँदै आएको आहा रारा गोल्ड कप र कास्की जिल्ला फुटबल संघले आयोजना गर्ने मनकामना फुटबल कप पनि धरापमा पर्ने भएको छ । पोखरेलीहरुको प्रमुख आर्कषणका रुपमा रहेको आहा रारा गोल्डकपमा २० देखि २५ हजार दर्शक हुने गर्दछन । यति धेरै दर्शकको रोमाञ्चपूर्ण फुटबल यात्रालाई नेपाल सरकार संगै परिषदले पूर्णविराम लगाएका छन ।

पोखरेलीहरुको अहिले आवेगमा छन उनीहरुको एउटै प्रश्न सबैको मुखमा छ । नबनाउने भए किन भत्काइयो ? कास्की बाटै प्रतिनिधित्व गर्ने मन्त्रि यस बारे किन बोल्दैनन ? परिषदका सदस्य सचिब केशब कुमार विष्टको यो के पारा हो ? कहिले बन्छ भन्ने कहिले बन्दैन भन्ने ? के पोखरेलीहरुलाई खेलौना सम्झिएको हो परिषदले ? भत्काउने बेलामा मैदान घेरिएको तार जाली समेत लथालिङ्ग पारियो । तार जाली सम्म भए पनि मैदानको संरक्षण भइरहने थियो भन्ने आम खेलप्रेमीको बुझाई छ ।

के भन्छन सदस्य सचिब विष्ट ?
पोखरामा फुटबल रंगशाला बन्नमा ढिलाई भइरहेकोमा आफू पनि निकै चिन्तित रहेको बताए । उनले भने–“१३ औं साागमा महिला फुटबल पोखरामानै गर्न पर्छ भन्दा काठमाण्डौमा म संग विवाद पनि भयो तर अहिले अख्तियारले हात खुट्टा बाँधेको स्थिती छ” उनले थप प्रष्टाउँदै भने–“ जती बजेट खर्च हुने हो त्यो बजेटको शुनिश्चितता नभई अख्तियारले टेण्डर नर्गन्ु भन्ने सूचनानै जारी गरेको अवस्थामा कसरी टेण्डर गर्ने?” यूवा तथा खेलकुद मन्त्रालय र अर्थ मन्त्रालयले जब सम्म बजेटको शुनिश्चितता गर्दैनन तब सम्म टेण्डर खोल्न नसकिने सदस्य सचिब विष्टले प्रष्टाए ।

अहिले चिन र नेपालको र अर्को नेपाल र भारतको जोइन्ट भेन्चर गरि दुइ वटा कम्पनीले टेण्डर प्रस्ताव गरेको छन । तर उनीहरुले आर्थिक रुपमा कति प्रस्ताव गरेका छन त्यो कम्पुयुटर भित्र बन्द स्थितीमा रहेको छ । अर्थ मन्त्रालयले १ अर्ब ३२ करोड बजेट शुनिश्चित नगरे सम्म यो बन्दनै हुने छ । अर्थात पोखरा रंगशालाको प्यारापिट बन्ने–नबन्ने दोधारमानै रहनेछ ।

यूबा तथा खेलकुद मन्त्रि विश्वकर्माको भनाई
यता यूवा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्माले पोखरा रंगशालाको फुटबल प्यारापिट भने जस्तै गरि समयमानै निर्माण प्रक्रिया सुरु गर्ने बताए । “म अहिले ८ औं राष्ट्रिय खेलकुदको तयारीका लागी बझाङमा छु भोली बाटै यो विषयमा म सबै संग चलाउने छु”–मन्त्रि विश्वकर्माले भने । १३ औं सागको महिला फुटबल पनि पोखरामा नहुने भयो नि प्रश्नमा उनले यो सबै विषय हल्लाको विषय मात्रै भएको बताए । मन्त्रि विश्वकर्माले भने–“हेर्नुस म काठमाण्डौ फर्कने बित्तिकै भोली (मंगलबार) बाटै यस बारे काम थाल्ने छु र पहिले भने जस्तै गरि पोखरामा नै १३ औं साग खेलकुदमा महिला फुटबल पनि हुनेछ, ढुक्क हुन म सबैलाई आग्रह गर्छु ।”

कास्की जिल्ला फुटबल संघको प्रयास
यता कास्की जिल्ला फुटबल स्रंघ (एन्फा) ले कहिले रंगशाला बन्ला र काम गरौला भन्ने सोचका साथ बसे पनि मुखा मुख आएका दुई वटा फुटबल प्रतियोगितालाई मध्येनजर गर्दै आफ्नो तर्फ बाट काम सुरु गरेको छ । अहिले मैदानमा झार गोड्ने र रोप्ने कामलाई तिव्रता दिंदै एन्फा कास्कीले २० जना कामदार खटाएको छ । मैदानमा दुबो रोप्ने पानी हाल्ने र मैदानको वरपर सरसफाई गर्ने काममा एन्फा कास्कीले तिव्रता दिएको अध्यक्ष मिलन गुरुङले बताए । उनले भने–“प्यारापिट बन्ने त त्यस्तै भयो कम्तिमा पनि आहा रारा र मनकामना कपका लागि भए पनि मैदानको कामलाई तिव्रता दिएका छौं ।” अध्यक्ष गुरुङ अहिले रंगशाला नबन्ने भएपछि दिक्क मान्दै भन्छन–“मन्त्रालय र परिषदको यो हेलचेक्रयाईले पोखराको फुटबलले धेरै खस्कियो न त खेलाडी उत्पादनै हुने भए ।”

लामो अन्तराल पछि पोखरा फुटबल रंगशालको प्यारापिट अन्तर्राष्ट्रिय स्तरको हुनेमा ढुक्क भएर बसेका पोखरेली खेलप्रेमीहरुलाई कहिँ कतै बाट पनि ठेस पु¥याएमा पक्कै पनि चुप लागेर बस्ने छैनन । पोखरा त्यस्तो ठाउँहो जहाँ राज्यले पनि गर्न नसकेको काम आफै गर्न तम्सिन्छन र त्यसलाई पुरा पनि गर्छन । पोखरा रंगशालाको पर्खाल घेर्ने काम होस वा अन्य ठूला परियोजनाहरुमा पोखरेलीहरुको योगदानलाई कसैले कम आँक्न मिल्दैन र हुँदैन भनेर पन्छ्याउन पनि हुन्न । पोखरेलीहरुको आत्मबल मात्रै होइन समाजका लागि जस्तो सुकै लगानी गर्न पछि हट्दैनन भन्ने कुरा इतिहासले चरितार्थ गरिसकेको छ ।
तस्बिरः सुदर्शन रन्जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close