“पोखरा म्याराथनले लन्डन पोखरा जोड्ने छ”–पोखरेली मंच यूके

पोखरा, १९ कार्तिक ।
भूतपूर्व खेलाडी मंच नेपालले पोखरामा आगामी फागुन ७ गते आयोजन गर्ने “१३औ अन्तर्राष्ट्रिय पोखरा म्याराथन” को तयारीका लागि पोखरेली मंच यूकेले एक वृहत छलफल तथा डिनर च्यारिटी कार्यक्रमको आयोजना गर्ने भएको छ ।

“१३औ अन्तर्राष्ट्रिय पोखरा म्याराथन” लाई स्र्पोट्स टुरिजम संग जोड्दै थप व्यापकता दिन पोखरेली मंच यूकेले अभियान सुरु गरेको हो । पोखरेली मंच यूकेका अध्यक्ष मान प्रसाद गुरुङले यो अभियान विश्वव्यापी बनाउने बताएका छन । अध्यक्ष गुरुङले भने–“यो यस्तो तयारी बैठक हो जसले विश्वभरीका खेलप्रेमीहरुलाई पोखरा म्याराथनमा उर्ताने मात्रै नभई म्याराथनले पोखरा–लन्डन जोड्न पनि सहयोग पु¥याउने छ ।”

डिसेम्बर १४, २०१८ का दिन पोखरेली मंच यूकेले बेलायतमा पोखरा म्याराथनलाई सहयोग पु¥याउन एक वृहत छलफल कार्यक्रम संगै डिनर च्यारीटी कार्यक्रम आयोजना गर्ने भएको हो । पोखरेली मंच यूकेले उक्त डिनर च्यारिटी कार्यक्रममा सम्पूर्णलाई उपस्थित हुन आह्वान समेत गरेको छ ।

पोखराको खेलकुद र सामाजिक बिकासमा बेलायतमा बस्दै आएका नेपालीजन हरुको ठूलो सहयोग रहँदै आएको छ । पोखरा म्याराथन, बगर भाइ खलक एट ए साइड फुटबल प्रतियोगिता, आहा रारा गोल्ड कप, पोखरा स्र्पोट्स अर्वाड लगाएत पोखरा र पोखरा आसपासमा आयोजना हुने मेला महोत्सबहरुमा आर्थिक, भौतिक र नैतिक सहयोग हुँदै आएको छ । विदेशमा बसेर पनि पोखरालाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन खेलिएको भूमिकाको लागि यूकेमा गठित विभिन्न समाज र संस्थाहरु सदैव बधाइका पात्र रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close