तोल्कामा जारी भलिबलको अन्तिम चारमा बाग्लुङ, साबेत, ल्वाङ र तोल्का टिम “सि”

पोखरा, १८ कार्तिक ।
अन्नपूर्ण गाउँपालिका वडा नं ७ तोल्कामा जारी साबिक वडा स्तरिय भलिबल प्रतियोगिताको अन्तिम चारमा बाग्लुङ, साबेत, ल्वाङ र तोल्का टिम “सि” प्रबेश गरेको छ ।

देउराली युवा क्लबको आयोजनामा हिमालय माबिको प्राङ्गणमा आईतबार सम्पन्न प्रिक्वाटरको खेलमा भिचुकलाई १७–२५,२५–१९ र२५–२२ को सेटले पराजित गर्दै बाग्लुङ अन्तिम चारमा प्रबेश गरेको हो ।

त्यस्तै साबेतले किम्चेलाई २५–२२,२५–१८ को सोझो सेटले हराउदै सेमिफाईनमा ल्वाङ सँगको भेट पक्का ग¥यो । लान्द्रुक टिम “ए” लाई २५–२२, २८–२६ र २५–२३ कोे सेटले हराउँदै ल्वाङले अन्तिम चारमा स्थान पक्का ग¥यो ।

आयोजक टिम “सि” ले २५–२२,२२–२५ र २५–२० को सेटले पाखा लगाउदै बाग्लुङ सँगको भेट पक्का गरेको युवा समाजसेवी तथा कार्यक्रम सञ्चालक भरत गुरुङले जानकारी दिए । उनका अनुसार सोमबार पहिलो सेमिफाईनल खेल साबेत र ल्वाङ बिच र अन्तिम सेमिफाईनल खेल आयोजक र बाग्लुङ बिच हुनेछ ।

पुरुष भलिबल तर्फका बिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ४० हजार प्रदान गरिने छ भने उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु २५ हजार हात पार्नेछ । प्रतियोगितामा बिद्यागत रुपमा उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट सेटर तथा उत्कृष्ट स्पाईकर बन्न सफल खेलाडी र उदीयमान खेलाडीलाई पुरस्कृत गरिने समेत आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close