पोखरामा जुनियर एटिएफ टेनिस च्याम्पियनशिप हुने

पोखरा, १८ कार्तिक ।
पोखरामा जुनियर एटिएफ टेनिस च्याम्पियनशिप हुने भएको छ । एशियन टेनिस महासंघको कार्यक्रम अनुसार आगामी मंगशिर ४ देखि २० गते सम्म पोखरामा उक्त अन्र्तराष्टिय टेनिस हुन लागेको हो । प्रतियोगितामा १० देखि माथि र १४ वर्ष मुनिका १ सय ११ जना पुरुष तथा महिला खेलाडीको सहभागिता रहने छ ।

प्रतियोगिता दुई हप्ता सम्म जारी रहने भएकोले पनि यस क्षेत्रको टेनिस खेलमा स्थानिय खेलागडीले पनि धेरै कुरा सिक्ने अबसर पाउने नेपाल टेनिस संघका उपाध्यक्ष बिनोद कायस्थले बताए ।

प्रतियोगितामा अष्ट्रिया, इण्डोनेशिया, मलेसिया, हङकङ, पाकिस्तान, भारत र नेपालका खेलाडीहरुको सहभागिता रहने आयोजक कास्की जिल्ला टेनिस संघले जनाएको छ । सर्किट १ मा ३० पुरुष र २३ महिला सहित ५३ जना तथा सर्किट २ मा ३३ पुरुष र २५ महिला सहित ५८ खेलाडीले भाग लिने संघका महासचिब नविन चालिसेले जानकारी दिए ।

प्रतियोगितालाई होटल टे«कर्स इनले मुख्य प्रायोजन गरेको छ । अंग्रेजी नयाँ वर्षका बेला हुने प्रतियोगिताले पोखराको पर्यटन विकासमा थप टेवा पुग्ने आयोजकको अपेक्षा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close