
स्याङजा १८, कार्तिक ।
कोरियाले प्रथम नेपाल प्याराग्लाईडिङ एकुरेसी (स्पोट ल्याण्डिङ) वल्र्ड कप २०१८ को उपाधि जितेको छ । तीन दिनको खेलमा कोरियाले ६ राउण्ड पूरा गर्दा १२ अंक सहित उपाधि जित्न सफल भएको हो ।
खुल्ला एकल तथा समुह चरणको खेलमा समेत बचश्र्व जमाउन सफल भएको कोरियाले उक्त प्रतियोगितामा ३ वटा स्वर्ण पदक जित्न सफल भएको हो । स्याङ्गजाको स्वरेक मैदान (भिरकोट–५) बाट उडान गरी वालिङको डौंवाफाँटमा अवतरण गरेका कोरियाका स्याङज्यू लिमले ६ राउण्डको खेलमा १२ अंक ल्याउदै खुल्ला तर्फ उपाधि जितेका हुन । पहिलो दिनको खेलमा उनी तेश्रो स्थानमा रहेका थिए । भने दोश्रो दिनको खेलबाट लिड गर्न सफल भएका थिए ।
६ राउण्डको खेलमा कोरियाका खेलाडी जी हुन हो ले १५ अंक सहित दोश्रो भए भने कोरियन खेलाडी किम कि हियुन तेश्रो भए । हियुनको समान १५ अंक भए पनि एक राउण्डमा हियुनको भन्दा जी हुनको अंक कम रहेको थियो ।
पहिलो दिनको दुई राउण्डको खेलमा अग्र स्थान रहेका सोलोभानियाका प्रि–लोजुक रोक प्रतियोगितामा चौथो स्थान हासिल गरेकाछन । उनले १६ अंक ल्याएका हुन । एशियाली खेलकुदमा रजत पदक विजेता नेपाली खेलाडी यूकेस गुरुङ खुल्ला तर्फको ईभेण्टमा ३३ अंकका साथमा ८ औं स्थानमा रहेका छन ।
त्यसै गरी तीन दिन अर्थात ६ राउण्डको खेलमा महिला तर्फ पनि कोरियाका खेलाडीहरुले उत्कृष्ट प्रर्दशन गर्दा कोरियाले स्वर्ण पदक हात पार्न सफल भएको हो । कोरियाकी हुन हि किमले ६ राउण्डको खेलमा ५९ अंक ल्याउदै महिला तर्फ उपाधि हात पार्न सफल भईन । त्यसै गरी कोरियाकै योन ह्याङ चो ले ७४ अंकका साथ दोश्रो स्थानमा रहेकी हुन । उनी दोश्रो दिनसम्मको खेलमा भने प्रथम स्थानमा रहेकी थिईन ।ईण्डोनेसियाकी गिता रेजकी गुण्टरी तेश्रो भईन । उनले ६ राउण्डको खेलमा २ सय ११ अंक ल्याउन सफल भएकी हुन ।
त्यस्तै पुरुष टिम तर्फ कोरिया प्रथम र दोश्रो उपाधि हात पार्दा नेपालले तेश्रो स्थानमा आउन सफल भएको छ । कोरियाले ९३ अंकका साथ स्वर्ण पदक हात पार्दा, दोश्रो तर्फ पनि कोरियाले १ सय ६४ अंकका साथ रजत र नेपालले २ सय ८४ अंकका साथ तेश्रो अर्थात कास्य पदक हात पार्न सफल भएको हो । नेपाली टिममा एशियन गेम्सका रजत पदक विजेता खेलाडी कप्तान विमल अधिकारी, यूकेश गुरुङ, बिशाल थापा र बिजय गौतम रहेका थिए । शुक्रबार २, शनिबार ३ र आईतबार एक राउण्डको खेल भएकोे प्रतियोगिताका अफिसियल बालकृष्ण बसेलले बताए ।
उक्त प्रतियोगितामा २१ देशका १ सय २० प्याराग्लाईडिङ पाईलटहरुले नाम दर्ता गराए पनि प्रतियोगितामा भने १३ देशका ७० जना खेलाडीहरुले मात्र सहभागी जनाएको प्रतियोगिताका संयोजक शैलेन्द्र राउतले बताएका छन ।
पुरुष र महिलाको टिम तथा ब्यक्तिगत एक्युरेसी गरि ३ वटा स्वर्ण पदकका लागि उक्त प्रतियोगिता स्याङजामा पहिलो पटक प्याराग्लाईडिङको वल्र्ड कप भएको प्रतियोगिता मुल आयोजक समितिका संयोजक एवं जिल्ला समन्वय समिति स्याङजाका प्रमुख समेत रहेकी सिता कुमारी सुन्दासले बताइन ।
विजेता खेलाडीहरुको टोलीलाइ भूमि सुधार ब्यबस्था, गरिवी निवारण तथा शहकारी मन्त्री पद्मा अर्याल, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट, नेफाका अध्यक्ष रुपनारायण श्रेष्ठ, नेपाल ओलम्पिक कमिटिका सदस्य तेज बहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरेका हुन ।
प्रतियोगिताका बिजयी टिम तर्पm प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश १५ सय, १२ सय र ७ सय युरो प्राप्त गरे भने ब्यक्तिगत तर्फ पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः १ हजार, ७ सय ५० र ५ सय युरो प्राप्त गरेको प्रतियागिताका सचिवालय प्रमुख अनन्त कुमार श्रेष्ठले बताए ।