
पोखरा, १७ कार्तिक ।
पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेटमा चितवनलाई प्ले अफमा पु¥याउन सन्नी पटेलले उत्कृष्ट प्रर्दशन गरेका छन । बिराटनगर ब्लाष्टरले दिएको १४६ रन पछ्याउने क्रममा छैटौ विकेटका लागि क्रिजमा आएका सन्नीले नटआउट रहँदै २४ बलको सामना गर्दै ४ छक्का र ४ चौकाको मद्धतले अर्धशतकिए पारीमा चितवनलाई प्ले अफमा पु¥याएका हुन । चितवनले ६ विकेटको नोक्सानीमा १४८ रन बनाएको हो ।
बिराटनगरका कप्तान सन्दिप लामिछानेले चितवनका ओपनर हरी शंकर शाहलाई शुन्यमा, पारस खडकालाई ७, आरिफ शेखलाई ३५ र भुवन कार्कीलाई शुन्य रनमा पेभिलिएन फर्काएर खेलमा पकड जमाउन प्रयास गरे पनि त्यो सपना पुरा हुन सकेन । सन्दिपले यो खेलमा ४ ओभरको स्पेलमा १ मेडन राख्दै २५ रन दिएर सर्वाधिक ४ विकेट हात पारे । चितवनका लागि अनिल शाहले ११, स्मित पटेलले २१ र सोनु तामाङले ११ रनको योगदान दिए ।
यता विराटनगरका लागि शाहब आलम र सुनिल धमलाले समान एक–एक विकेट हात पारेका थिए ।
बिराटनगरका लागि मोहमद जैद आलमले ५१ रन बनाए । उनी करन केसीको बलमा सन्नी पटेल द्वारा क्याच आउट भए । उनले आफ्नो पारीमा ६ चौका र २ चौका प्रहार गरेका थिए भने सुनिल धमलाले ४५ बलमा ४७ रनको योगदान दिए । चितवनका लागि स्मित पटेलले र, पारस खडकाले २–२ बिकेट लिएका थिए ।