
पोखरा, १६ कार्तिक ।
मित्र राष्ट्र भुटानको थिम्पुमा भएको साफ यु–१८ च्याम्पियनसिपमा उपविजयी नेपाली महिला फुटबल टोलीलाई शुक्रबार एक कार्यक्रमविच एन्फाले नगद सहित सम्मान गरेको छ ।
प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले खेलाडीहरुलाई एन्फाद्वारा प्रदान गरिएको जनही नगद ५० हजार प्रदान गरे ।
खेलाडीहरुलाई पुरस्कार प्रदान गर्दै सदस्य सचिव बिष्टले नेपाली चेलीहरुलो राष्ट्रको नाम उच्च राख्न जुन कार्य गरेका छन् त्यो अविस्मरणिय भएको भन्दै खेलाडीहरुले यस कार्यलाई आगामी दिनमा पनि निरन्तरता प्रदान गर्ने बिश्वास ब्यक्त गरे । उनले राष्ट्रको आधिकारीक झण्डा बोक्ने अधिकार खेलाडीलाई मात्र भएको भन्दै एन्फाबाट प्रतिवेदन प्राप्त भए पश्चात राष्ट्रको तर्फबाट पनि सम्मानको लागि पहल गर्ने बताए । बिष्टले खेलकुद बिकासका लागि राष्ट्रिय खेलकुद परिषद जहिले साथ साथ अगाडी बढ्ने बताए ।
सेप्टेम्बर २८ देखि अक्टोबर ७ सम्म भएको साफ यु – १८ च्याम्पियनसिपमा नेपाली महिला टोलीले पाक्सितानलाई ०–१३ गोलले पराजित गरेको थियो । यस्तै बंगलादेश संग २–१ गोलले पराजित भएता पनि सेमिफाईनल प्रवेश गरेको नेपालले भारतलाई १–१ गोलको बराबरी पश्चात टाईब्रेकरमा पराजित गर्दै फाईनल यात्रा तय गरेको थियो । यस्तै फाईनलमा पुनं बंगलादेशसंग १ – ० गोलले पराजय हुंदै उपविजयी भएको थियो ।