
पोखरा, १६ कार्तिक ।
पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेटमा काटमाण्डौ रोयल्सले बुटवल बलाष्टरलाई १७३ रनको लक्ष्य पस्केको छ ।
शुक्रबारको दोश्रो खेल अन्र्तगत टस जितेर व्याटिङका लागि उत्रिएको काठमाण्डौले २० ओभरमा ४ बिकेट गुमाउँदै १७२ रन बनाएको हो । जितका लागि गर या मरको स्थितीमा रहेका दुवै टिमका लागि काठमाण्डौले १५ ओभर सम्म दबाबमा खेलेको थियो । काठमाण्डौका नरेश बुडायरले नट आउट रहँदै २८ बलमा ५ छक्का र ४ चौकाको मद्धतले ५८ रनको अर्धसतकिय पारी खेल्दै टिमलाई उकासेका थिए ।
काठमाण्डौ रायल्सका लागि ओपनर जय कृष्ण कोलसावालले ३५ बलमा ४५ रन, पवन सरार्फले २२, गौरव तोमरले ११ र कप्तान ज्ञानेन्द्र मल्लले नट आउट रहँदै २५ रन जोडे । यता बलिङ तर्फ बिपिन खत्रीले ४ ओभरमा २९ रन खर्चिएर २ विकेट लिए भने रोहन मुस्ताफा र शम्साद शेखले समान १–१ विकेट लिएका थिए ।
अहिले बुटबलले व्याटिङ गरिरेहेको छ । बुटवलका लागि रोहन मुस्ताफा र सागर पुन व्याटिङका लागि क्रिजमा छन ।