
पोखरा, १६ कार्तिक ।
पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगितामा धनगढी एक्सपर्ट ब्लुजले पोखरा पल्टनलाई २ बिकेटले हराएको छ ।
रोमाञ्चपूर्ण खेलमा १४५ रनको लक्ष्य पछ््याएको धनगढीलाई जित दिलाउन कप्तान दिपेन्द्र सिंह ऐरीले २६ बलमा ४ चौका र ४ छक्काको मद्धतले ५१ रन नटआउट रहँदै टिमलाई प्ले अफमा जिवित बनाएका छन । धनगढीले १९.५ ओभरमा ८ विकेटको क्षतिमा १४८ रन बनाएको हो । धनगढी ब्लुजका ओपनर सुभेन्दु पाण्डेले २२, पिटर ट्रेगोले ५ चौका र ४ चौकाको मद्धतले ५३ रन बनाए ।
यता पोखरा पल्टनका बलर राशिद खानले आफ्नो ४ ओभरको स्पेलमा २४ रन दिंदै ४ विकेट हात पारे । उनले धनगढी ब्लुजका दिलिप नाथ, शुभेन्दु पाण्डे, मन्जित पाण्डे र कमल ऐरीलाई पेभिलियन फर्काएका थिए । यसै गरि ललित राजबंशी र बिक्रम भुषालले समान २–२ विकेट हात पारे ।
पोखरा पल्टन तर्फ रोहित कु्मार पौडेलले ३१ रन जोड्नु बाहेक अन्यले खासै रन जोड्न सकेनन । आशिफ शेख २३, रबी इन्दर सिंह २८, राशिद खानले १५ रन बनाए । धनगढीका लागि कमलसिंह ऐरीले ४ बिकेट लिएका थिए । पोखराको यो पराजय पछि प्ले अफमा पुग्न अप्ठ्यारो भएको छ । पोखराको अझै एक खेल बाँकी छ ।