मार्सल आर्ट्स टोली इन्डोनेसिया प्रस्थान

काठमाडौं, १५ कार्तिक ।
एशियाली मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली बिहीबार इन्डोनेसियाको बाली प्रस्थान गरेको छ ।

नोभेम्बर २ देखि ७ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६० केजीमुनि पुकार हुमागाईं तथा ६५ केजीमुनि अजय बुढाथोकीले प्रतिस्पर्धा गर्नेछन् । टिम प्रशिक्षकमा सीताराम हुमागाईं तथा व्यवस्थापकमा राजेश तामाङ रहेका छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरे । मार्सल आगर्ट्स अर्गनाइजेसन नेपालको पहलमा टोली प्रतियोगितामा सहभागी हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close