स्याङजाको स्वरेकमा प्रथम नेपाल प्याराग्लाइडिङ एक्यूरेसी वल्र्ड कप २०१८ सुरु

पोखरा, १५ कार्तिक ।
स्याङजाको स्वरेकमा बिहिबार “प्रथम नेपाल प्याराग्लाइडिङ एक्यूरेसी वल्र्ड कप २०१८” को उद्घाटन एक भब्य समारोहका बिच गरिएको छ । नेपाल पाराग्लाईडिङ्ग तथा ह्याण्डग्लाईडिङ्ग संघ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्गजाको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक एकयुरेसी पाराग्लाईडिङ्ग बिश्व कप भएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै यूवा तथा खेलकुद मन्त्रि जगत विश्वकर्माले नेपाल प्राकृतिक रुपमा पनि शाहसिक खेलकुदका विश्वको मुख्य आर्कषणको केन्द्र हुने बताउँदै मन्त्रि विश्वकर्माले आगामी निती तथा कार्यक्रम र बजेटमा प्राथमिकताका साथ शाहसिक खेलकुदलाई अगाडी बढाउने बताए ।

सो अबसरमा मन्त्रि विश्वकर्माले देशको समृद्धीका लागि पर्यटन र शाहसिक खेलकुदको बिकास अपरिहार्य रहेको धारणा अघि सार्दै अन्तर्राष्टिय खेलकुद एरिनामा प्याराग्लाइडिङ खेल बाट प्राप्त उपलब्धीले सबैलाई उत्साहित बनाउने काम गरेको बताए । उनले स्याङजाको स्वरेकलाई प्याराग्लाइडिङको खेलको विकासका लागि स्थानियतह बाट ३० प्रतिशत बजेट र केन्द्रको मार्फत ७० प्रतिशत बजेट खर्च गरिने समेत बताए ।

स्याङजा जिल्ला समन्वय समितीका प्रमुख एवम मुल ब्यवस्थापन समितीका संयोजक सिता सुन्दाशको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधी सभा सदस्य नारायण प्रसाद मरासिनी, गण्डकी प्रदेश सभा सदस्य मोहन रेग्मी, नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका अध्यक्ष रुपनारायण श्रेष्ठ, भिरकोट नगरपालिकाका प्रमुख छाँयाराम खनाल लगाएतले स्याङजाको पर्यटन तथा शाहसिक खेलकुद बिकासका लागि प्याराग्लाइडिङ प्रमुख आर्कषण हुन सक्ने बताए । उनीहरुले स्वरेकलाई पहाडी रंगशालाको रुपमा बिकास गर्दै नेपालको आर्थिक समृद्धीलाई माथी उठाउन पनि स्वरेकले महत्वपूर्ण योगदान दिन सक्ने बताएका थिए ।

पोखरा बाट करिब ७७ किलोमिटर टाढा रहेको स्याङजाको स्वरेकमा यो विश्वकप आयोजना गरिएको हो । प्रतियोगितामा विभिन्न २१ देश र स्वदेशका गरि करिब ९८ जना प्रतियोगीहरु स्वरेक पुगी सकेका छन । प्रतियोगिताको उदुघाटन औपचारिक रुपमा गरिए पनि शुक्रबार बाट सुरु हुने आयोजकले जनाएको छ । प्रतियोगिता १८ गते सकिने छ । उद्घाटन कार्यक्रममा विभिन्न सांगितिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।

जिल्ला समन्वय समिती, स्याङ्गजा, जिल्लाका स्थानिय सरकारको सहयोगमा हुने प्रतियोगिताका बिजयी टिम तर्पm प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश १५ सय, १२ सय र ७ सय युरो प्राप्त गर्ने छन् भने ब्यक्तिगत तर्फ पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः १ हजार, ७ सय ५० र ५ सय युरो प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close