
पोखरा, १४ कार्तिक ।
पोखरामा जारी नमस्ते पोखरा प्रिमिएर लिग (पिपिएल) टि–२० क्रिकेटमा भएको दोश्रो खेलमा बिराटनगर टाइटान्सले बुटवल ब्लाष्टर संग दुई खेलको लगातार हार पछि १२ रनको जित दर्ता गरेको छ । लगतारको दुई खेल पराजय भोगेको विराटनगरले १४१ रनको मध्यम लक्ष्य दिए पनि बुटवल लाइ १२८ रनमानै रोक्न सफल भयो ।
सन्दिप लामिछाने कप्तानीमा रहेको बिराटनगर लगातारको हार पछि प्राप्त जितले खेललाई थप रोमाञ्चक बनाएको छ । बिराटनगरले चितवन राइनोज संग एक खेल खेल्न बाँकी रहेको हुनाले प्ले अफमा कुन टिम पुग्ने हो भन्ने अनुत्तरित रहेकोले पनि पिपिएलमा रोमाञ्चकता थपिएको हो । यत बुटबलको तेश्रो खेलमा पहिलो हार हो ।
बुटबलका रोहन मुस्ताफा १ रनको निजी रनमा किशोर महतोको बलमा क्याच आउट भए पछि बुटलको पारी लडखडाएको थियो । उनी मोहम्मद जायदबाट क्याच आउटभएका थिए । बुटवलका कप्तान सोमपाल कामीले ९ बलमा ७ रन मात्र जोड्न सके । विराटनगरका कप्तान सन्दीप लामिछानेले र किशोर महतोले समान २ विकेट लिए । सुनिल धमला र साहब आलमले समान एक–एक विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको बिराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो । बिराटनगरका लागी लागि मोहम्मद जायद आलमले ७२ रनको पारी खेले । उनले ४५ बलमा ६ चौका र ५ छक्का प्रहार गरेका थिए । यसै गरि प्रदीप ऐरीले ४३ बलमा ३ छक्का प्रहार गर्दै ४१ रन बनाएका थिए ।