पिपिएल: पारस खड्काको चितवन राइनोजको पुनरागमन, धनगढी पराजित

पोखरा, १४ कार्तिक ।
पोखरामा जारी नमस्ते पोखरा प्रिमिएर लिग (पिपिएल) टि–२० क्रिकेटमा पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोज दुई खेलको लगातार परजय पछि पुनरागमन गर्दै पहिलो जित दर्ता गरेको छ । बुधबार सम्पन्न पहिलो खेलमा चितवनले धनगढी एक्स्पर्ट ब्लुजलाई १२६ रनले हराउँदै खेलमा आफुलाई जिवित राखेको हो ।

टस जितेर फिल्डिङ रोज्दै धनगढी ब्लुजले चितवनलाई ब्याटिङको निम्तो दिएको थियो । चितवनले आफ्नो इनिङको सुरुवात गर्दै १९३ रन बनाउँदै १९४ रनको लक्ष्य पस्केको थियो । पहिलो विकेटका लागि ओपनर अनिल कुमार साह र हरिशंकर शाहले १ सय १ रनको कीर्तिमानी साझेदारी गर्दा हरिले ३२ बलमा अर्धशतक पूरा गरेका थिए । उनले ६ चौका र ३ छक्का प्रहार गर्दै ५३ रन जोडेका थिए । अर्का ओपनर अनिले शाहले ३७ रन  बनाए ।

स्मित पटेलले २४ रनमा तथा कप्तान पारस खड्का १९ रन जोड। करन केसी र सन्नी पटेलले छैटौ विकेटको लागि ३१ रनको साझेदारी गरेका थिए । सन्नी पटेल २६ र करन ११ रनमा नटआउट रहे । धनगढीका कप्तान दीपेन्द्रसिंह ऐरी, कमल सिंह ऐरी, मन्जित श्रेष्ठ, आरिफ शेख र ड्यानियल लरेन्सले समान १ विकेट लिएका थिए  ।

बनाए यता, चितवनका लागि ओपनर बलर करन केसीले पहिलो ओभरमा मेडन राख्दै ओपनिङ व्याट्स्म्पान दिलिपनाथलाई पेभिलियन फर्काएका थिए । उनी खेलको चौथो बलमा आउट भए । अर्का ओपनर लोरेन्स पनि खाता नखोली सन्नि पटेलको बलमा क्याच आउट हुँदा धनगढी दबाबमा परेको थियो । सन्नीले ४ ओभरमा ८ रन दिंदै ४ विकेट हात पारे । उनले आफ्नो स्पेलको अन्तिम ओभरमा धनगढीका दुइजना व्याट्स्म्यानलाई शुन्यमा नै पेभिलियनको बाटो देखाए । चितवनका बलर स्मित पटेल र भुवन कार्कीले समान दुइ–दुइ तथा करन र शक्तिले एक–एक विकेट लिए ।

धनगढीका पिटर डेभिडले व्यक्तिगत २७ र योगेन्द्र सिंहले १७ रन जोड्नु बाहेक अन्यले रन बनाउन सकेनन । चितवनको यो जित पछि पिपिएल रोमाञ्चपूणर्् स्थितीमा पुगेकोछ ।

तस्बिर : सुदर्शन रंजित 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close