नेपाली सेनाका सुरज खनाल खुल्ला दौडमा प्रथम

पोखरा, १३ कार्तिक ।
सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथको आयोजनामा भएको खुल्ला दौड प्रतियोगितामा नेपाली सेनाको जगदल गणका सुरज खनाल प्रथम भएका छन ।

यसै गरि, क्षेत्रीय शसस्त्र प्रहरी गण पोखराका प्रहरी जवान अनिल बि.क द्धितीय र झापाका याङदिप राई तृतीय भएका थिए । महिला तर्फ नेपाली सेना जगदल गणकी सितादेवि गोतामे प्रथम, नेपाली सेना पश्चिम पृतना हेडक्वाटर बिजयपुरकी भिमकुमारी महत्तो द्वितीय र पोखराकी ललिता लामिछाने तृतीय भएका छन् ।

पोखरा महानगरपालिका २६ स्थित विजयपुरमा “विकृती विसंगती रहित समाजको निर्माण हाम्रो अभियान” भन्ने मुल नाराको साथमा खुल्ला सडक दौड प्रतियोगिता २०७५ सम्पन्न भएको हो । पोखरा महानगरपलिकाका मेयर मान बहादुर जिसीले उद्धघाटन गरेको प्रतियोगितामा महिला पुरुष गरी जम्मा १६८ जनाको सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close