भिरकोट प्याराग्लाइडिङ विश्वकपका लागि तयार, विदेशी खेलाडी धमाधम स्याङजा तिर

केशब पाठक
पोखरा,१३ कार्तिक  ।
नेपाल पाराग्लाईडिङ्ग तथा ह्याण्डग्लाईडिङ्ग संघ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्गजाको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक पाराग्लाईडिङ्ग बिश्व कप हुने भएको छ । हालै ईन्डोनेसियामा सम्पन्न १८ औं एशियन गेममा नेपालको लागि एक मात्र रजत पदक दिलाउन सफल खेल पाराग्लाईडिङ्गको पहिलो पटक “प्रथम नेपाल प्याराग्लाइडिङ एक्यूरेसी वल्र्ड कप २०१८” (First Nepal Paragliding Accuracy World Cup 2018) आयोजना गर्न लागिएको हो । नेपाल भ्रमण बर्ष २०२० मा हवाई साहसिक पर्यटकको संख्यामा बृद्धि गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

स्याङ्गजाको स्वरेक महापुर मैदान र डौवाफाँटमा हुने प्रतियोगिता कार्तिक १५ देखि १८ गते सम्म हुने छ । स्याङजालाई पाराग्लाईडिङ्गको ट्रेनिङ्ग सेन्टरको रुपमा समेत विकास गर्न नेपालमा पहिलो पटक यो प्रतियोगिताको आयोजना गर्न लागिएको हो । यस अघि पनि नेपालले यसै स्थानमा एक्युरेसीको अन्तराष्ट्रिय प्रतियोगिता सफलतापूर्वक आयोजना गरि सकेको छ । प्याराग्लाइडर्सहरुले समुद्र सतह देखि १६०० मिटरको मिटर बाट जम्प गर्ने छन भने ८ सय मिटरमा ल्याण्ड गर्नेछन ।

पुरुष र महिलाको टिम तथा ब्यक्तिगत एक्युरेसी गरि ४ स्वर्णका लागि हुने प्रतियोगितामा नेपाल सहित क्यानडा, फ्रान्स, टर्की, कोरिया, जर्मनी, चिन, नेदरल्याण्ड, यूएई, अमेरिका, सिंगापुर, ईन्डोनेसिया, मलेसिया, मंगोलिया, भारत, पाकिस्तान, ईरान, हङ्गेरी, स्लोभानिया, थाइल्याण्ड, सिङापुर र इजिप्टको प्रतिस्पर्धा रहने नेपाल पाराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघका महासचिव शैलेन्द्र राउतले बताए । प्रतियोगितामा बिदेशी र स्वदेशी सहित १ सय जना भन्दा बढी खेलाडीको सहभागिता हुनेले जानकारी दिए । प्रतियोगितामा सबैभन्दा बढी खेलाडी कोरिया बाट आएका छन । कोरियाका दुइ पुरुष र एक महिला टिमको सहभागिता रहनेछ ।

टिम प्रतिस्पर्धामा प्रत्येक समूहमा पुरुष तर्फ ५ र महिला तर्फ ३ खेलाडीहरुको समूह हुने छ । प्रतियोगितामा प्रत्येक समूह तथा ब्यक्तिले ६ चरणको प्रतिस्पर्धा गर्नु पर्ने छ । ६ चरणको अंकलाई जोडेर पहिलो, दोश्रो तथा तेश्रोको घोषणा गरिने छ । एक्युरेसीमा टार्गेट क्षेत्र ५ मिटरको रेडियसमा हुने छ भने यसको एक्युरेसी स्वचालित मापन यन्त्र २२ सेमीको हुने छ ।

नेपालले क्रस कन्ट्रिमा आफुलाई उत्कृष्ट स्थानमा राख्दै आएको छ । १८ औं एशियाली खेलकुदमा नेपालले पदक हात पार्नु अगाडी पनि २०१८ मा मित्र राष्ट्र चीनको हेनान प्रान्तको लिनझाउमा भएको चाईना लिनझाउ पाराग्लाईडिङ्ग प्रि–बिश्व कपमा नेपालका बिशाल थापाले नेपालका लागि कास्य पदक दिलाउन सफल भएका थिए । यसका साथै ईन्डोनेशियामा भएको प्रतियोगितामा टिम क्रस कन्ट्रिमा पहिलो स्थान र चिनमा भएको प्रतियोगितामा दोश्रो स्थान हात पार्न सफल भई सकेको संघले जनाएको छ । कोरियाको यसै वर्ष २०१८ अक्टोबरमा सम्पन्न प्रि–वल्र्ड कपमा नेपाल सातौ स्थानमा आएको थियो ।

जिल्ला समन्वय समिती, स्याङ्गजा, जिल्लाका स्थानिय सरकारको सहयोगमा हुने प्रतियोगिताका बिजयी टिम तर्पm प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश १५ सय, १२ सय र ७ सय युरो प्राप्त गर्ने छन् भने ब्यक्तिगत तर्फ पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः १ हजार, ७ सय ५० र ५ सय युरो प्राप्त गर्ने छन् । प्रतियोगिताको कुल खर्च करिब १ करोड ७५ लाख रुपैयाँ हुने महासचिब राउतले बताए ।

हामेस्टे र टेन्टमा आवाश
यता २०७५ कात्र्तिक १५ देखि २५ आयोजना हुने विश्व कप प्याराग्लाइडिङ खेल स्याङग्जाको भिरकोटमा हुने भएपछि स्याङजालीहरु जुरुक्कै उठेर सहयोग गरिरहेका छन । सबैभन्दा महत्वपूर्ण पक्ष भनेको संसारकै विरलै झैं लाग्ने के भने विदेशी खेलाडीहरुलाई होमस्टेमा बस्ने भएका छन । पोखरा बाट करिब ७७ किमी टाढा भिरकोट विश्वकपको तयारीमा जुटेको भिरकोट नगरपालिका मेयर छाँयाराम खनालले बताए । उनले यहाँ आउने खेलाडीलाई होमस्टेमा राख्ने काम देखि सबै प्रवन्धहरु मिलाउन कम्मर कसेर लागेको बताए । उनले भने–“ठ्याक्कै पोखरा जस्तो होटलको सुबिधा त दिन सक्दैनौ होला तर यो प्रयासलाई सबैले प्रशंसा गरेका छन ।”

नेपालका लागि १८ औ एशियाली खेलमा पदक जितेर देशको इज्जत धान्ने प्याराग्लाइडिङ खेलको विश्वकप स्याङग्जामा हुनुले पनि राज्य संग गाँसिएको प्रतिष्ठाको विषय भएको बताउँदै मेयर खनालले भने–“हामी यूद्धस्तरमा काम गरिरहेका छौ र यसको तयारीमा जुटेका छौ ।” त्यती मात्र होइन स्याङजामा आयोजना हुने विश्वकपका लागि त्यहाँका सम्पूर्ण स्थानिय निकायहरु जिल्ला समन्वय समिती मार्फत ३ देखि ५ लाख सम्म लगानी गरेर जुटेका छन भने सम्पूर्ण कार्यक्रमको संयोजन स्थानिय रुपमा जिल्ला बिकास समन्वय समिती स्याङजाले गरिरहेको छ ।

स्याङग्जाको भिरकोटमा आयोजना हुने विश्वकप प्याराग्लाइडिङ खेलका लागि राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलोम्पिक कमिटी, स्याङग्जा जिल्ला समन्वय समिती, स्याङजाका ११ वटा स्थानिय निकायहरु सहयोगीका रुपमा रहेका छन भने आयोजकका रुपमा नेफा र स्थनिय आयोजकका रुपमा नेपाल हवाई खेलकुद संस्था (ना) र बाबु एडभेन्चर क्लब स्याङजा रहेका छन । प्रतियोगिताको उद्घाटन कार्तिक १५ गते यूवा तथा खेलकुद मन्त्रि र सहकारी, गरिवी निवारण तथा भूमिसुधार मन्त्रि पद्मा अर्यालको उपस्थितीमा हुनेछ । समापन कार्यक्रम कार्तिक १८ गते राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशब कुमार विष्टको आतिथ्यतामा हुनेछ ।

नेपालको भूगोल, प्रकीती तथा हावा पनी सुहाँउदो यस्ता शाहसिक तथा पर्यटकिए खेलकुद नै नेपाली खेलकुदको आधार बन्न सक्ने देखिएको छ । सरकारी निकायहरुले पनि यस क्षेत्रलाई शाहसिक तथा खेलकुदको केन्द्र बनाउने अभियान विगत लामो समय देखि सुरु गरेका छन । नेपालमा सक्रिय शाहसिक तथा पर्यटकिए खेलकुदका एक दर्जन राष्ट्रिय संघहरुले माउन्टेन स्र्पोट्स फेडेरेशनको नाममा राष्ट्रिय अन्तराष्ट्रिय अभियान समेत संचालन गरिरहेका छन ।

(सन २०१७ मा सम्पन्न नोभेम्वर १–५ सम्म भएको प्रतियोगिताको भिडियोे)

paragliding accuracy championship Nepal 2017(NEPHA)

paragliding accuracy championship Nepal 2017(NEPHA)

Posted by NEPHA on Thursday, March 22, 2018

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close