धावक मानन्धरलाई ‘करियर खेलाडी सम्मान २०७५’ दिइने

काठमाडौं, १२ कार्तिक ।
पेप्सीकोला टाउन प्लानिंग स्थित करियर विल्डिङ इन्टरनेशनल एकेडेमीले कीर्तिमानी धावक वैकुण्ठ मानन्धरलाई ‘करियर खेलाडी सम्मान २०७५’ प्रदान गर्ने घोषणा गरेको छ ।

विद्यालयका संस्थापक अध्यक्ष तेज श्रेष्ठका अनुसार धावक मानन्धरलाई ११ हजार १ सय ११ रुपैयाँ राशी र ताम्रपत्र सहितको ‘करियर खेलाडी सम्मान २०७५’ प्रदान गर्ने निर्णय गरिएको हो ।

विगत ५५ वर्षदेखि निरन्तर दौडिँदै आएका चर्चित धावक मानन्धरको दौडप्रतिको लगावको उच्च सम्मान गर्दै ‘करियर खेलाडी सम्मान २०७५’ प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

विद्यालयले यसअघि राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला) लाई ‘करियर स्रष्टा सम्मान’ बाट सम्मानित गरेको थियो भने नेपाली क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई पनि सम्मान गरेको थियो ।

करियरले स्रष्टाको साथै खेलाडीलाई पनि सम्मान गर्ने परम्परालाई निरन्तरता दिँदै भविष्यमा विशिष्ट कलाकारहरुलाई पनि सम्मान गरिने प्रिन्सिपल हेम राईले बताउनुभयो । विद्यालयले यसै महिनाको अन्त्यतामा एक विशेष समारोहका विच धावक मानन्धरलाई सो सम्मान दिने तय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close