
पोखरा, १२ कार्तिक ।
पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगिता अन्र्तगत पोखरा पल्टनले चितवन राइनोज संग ५ विकेटको जित हात पारेको छ । चितवनले पोखरालाई दिएको १४१ रनको लक्ष्य पछ््याउने क्रममा पोखराले १९ बल अगावै ५ विकेट गुमाएर १४६ रन बनाएको हो ।
चितवनले खेलको पहिलो र दोश्रो ओभरमा लगातार दुइ विकेट लिए पछि दबाबमा खेलेको पोखराले तेश्रो ओभरबाट मात्रै रनको खाता खोलेको थियो । चितवनका ओपनर बलर करन केसीले पहिलो ओभरमानै ओपनर कुशल भुर्तेललाई डक आउट गर्दै सफलता दिलाएका थिए । त्यती बेला पोखराले रनको खाता खोलेको पनि थिएन । त्यसरिनै दोश्रो ओभरमा सन्नी पटेलले आशिफ शेखलाई शुन्यमानै पेविलियन फर्काउँदा पोखरा दबाबमा परेको थियो ।
पोखराले तेश्रो ओभरमा रबि इन्दर सिंह र रोहित पौडेलले गरेको साझेदारीले केही उकासे पनि कप्तन शरद भेषवाकरले २० बलमा ३७ रनको विष्फोटक पारी र रबी इन्दर सिंहको ४७ बलमा ६५ रनको मद्धतले पोखराले सहज जित हात पारेको हो ।
जारी पिपिएलमा पोखराको यो दोश्रो जित हो भने चितवनको लगातार हार हो । उद्घाटन खेलमा बिराटनगरलार्य जितेको पोखराले बुटवल संग पराजित भएको थियो । जित पछि पोखरा तेश्रो स्थानमा उक्लिएको छ । पहिलो स्थानमा काठमाण्डौ छ भने दोश्रोमा बुटबल रहेको छ ।
बलिङ तर्फ चितवनका करन केसीले ४ ओभरमा १ मेडन संगै १९ रन दिएर ३ विकेट हात पारे । सन्नी पटेलले ४ ओभरमा १ मेडन राख्दै १२ रन दिएर १ विकेट हात पारे । यता चितवन राइनोजले बनाएको १४० रनमा कप्तान पारस खडकाले ३२ बलमा ४४ रन सन्नी पाटेलले २७ बलमा ४६ रनको पारी खेल्दै चितवनलाई सम्मानजनका स्थितीमा पु¥याएका थिए । सोनु तामाङले २१ रन जोडे भने ओपनर अनिल कुमार साह १६ रनमा पेभेलियन फर्किएका थिए । हरिशंकर शाह ३ रनमा आउट भए । करण केसी शुन्यमा आउट भए । पोखराका विक्रम भुषालले २, मेहबुव आलम, मोहम्मद नाभिद, शरद भेषवाकरले समान १ विकेट लिए ।
मंगलबार कुनै खेल नहुने पिपिएलको आयोजकले जनाएको छ । पिपिएलमा मंगलबार विश्रामका लागि छुट्टाएइको छ ।