पोखरालाई पराजित गर्दै बुटवल ब्लाष्टर शिर्ष स्थानमा

पोखरा ११, कार्तिक ।
घरेलु टिम पोखरा पल्टनलाई पराजित गर्दै बुटवल ब्लाष्टर पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको शिर्ष स्थानमा रहेको छ । शनिबार चितवनलाई पराजित गरेको बुटबलले आइृतबार भएको खेलमा घरेलू टिम पोखरा लार्ई ३३ रनले पराजित गर्दै आफ्नो खातामा ४ अंक सहित शिर्श स्थानमा रहेको हो ।

पोखरा रंगशालामा आईतबार भएको खेलमा बुटवलले निर्धारित २० ओभरको खेलमा ७ विकेटको क्षेतीमा १ सय ५० रनको योगफल तयार पार्यो । एक सय ५१ रनको लक्ष्य पछ्याएको पोखराले ९ विकेटको क्षेतीमा १ सय १७ रनमै सिमित हुन पुग्दा बुटवलसंग पराजित हुनु पर्यो । पोखराले लिग चरणका दुई खेल मध्य एकमा जित र एकमा हार सहित दुई अंक जोड्न सफल भएको छ ।

बुटवलको जितमा रोहन मुस्ताफा र भीम सार्कीले ७३ रनको साझेदारी गरे । भीम सार्कीले ४६ बलमा ५४ रन बनाए । उनले २ चौका र ३ छक्का प्रहार गरे । रोहनले ३५ बलमा ३ चौका र २ छक्का सहित ४५ रन जोडे । सोमपाल कामीले २२, सिद्धान्त लोहनीले १३ रनको योगदान दिए । पोखराका मोहमद नाविदले ३ तथा मेहबुव आलम, ललित नारायण राजवंशी र कप्तान शरद भेषवाकरले १÷१ विकेट लिए ।

पोखराका ओपनर आसिफ शेखले २०, कप्तान शरद भेषावकर १९, रासिद खान १०, विक्रम भुसालले ८ तथा ललितनारायण राजवंशीले ९, कुशल भुर्तेलले ९, रवी इन्द्र सिंह ११, विनोद भण्डारीले ६ रन जोडे । बुटवलका कप्तान सोमपाल कामी, रोहन मुस्तफा, ललितसिंह भण्डारी र विपिन खत्रीले २÷२ विकेट लिए । सागर पुनले १ विकेट लिए ।

यस अघि आइतबार भएको पहिलो खेलमा एक्स्पर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई ७८ रन फराकिलो अन्तरले पराजित गरेको छ । १ सय ८३ रनको लक्ष्य पाएको विराटनगरले निर्धारित २० ओभरको खेलमा १७ औं ओभरमा १ सय ४ रनमै सिमित भयो ।

पोखरा रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले निर्धारित २० ओभरमा १ सय ८२ रन बनाउन सफल भएको थियो । धनगढीको जितमा पिटर ट्रेगोले अर्धशतकको योगदान दिए । खेलमा धनगढीका ट्रेगोले ५३ , कप्तान दीपेन्द्र सिंह ऐरीले २९, सौरभ खनालले ४१ र सन्दीप जोराले १२ रनको योगदान दिए । ऐरी र ट्रेगोको साझेदारीमा ६० रन बनाएका हुन । विराटनगरका जितेन्द्र मुखियाले भने चार विकेट लिएका थिए । धनगढीले सुरुवातमा खराब प्रदर्शन गरे गरेको थियो ।

विराटनगरका सुनिल धमलाले २१, मोहम्मद जैदले १९, एन्ड्यु सुबिकसनले १८ कप्तान सन्दीप लामिछानेले १० रन जोडेका थिए । धनगढीका लरेन्सले तीन, दिपेन्द्रसिंह ऐरीले दुई र रोबिन क्षेत्री, कमल ऐरी तथा ट्रेगोले एक÷एक विकेट लिएका थिए । विराटनगरले आजको हारसंगै दोश्रो हार व्यहोेर्नु परेको छ । धनगढीको भने दोस्रो खेलमा एकमा हार एकमा जित सहित आफ्नो खातामा २ अंक बटुलेको छ ।

त्यसै गरी भोलि (सोमबार) पनि लिग चरणका दुई खेल हुदैछन। बिहान ९ बजे पछि बिराटनगर बिरुद्ध काठमाण्डौं र दोश्रो खेलमा चितवन बिरुद्ध पोखरा पल्टन बिच खेल हुने भएको छ । प्रबेश निशुल्क रहेको प्रतियोगितामा दर्शकहरुको उत्साहजनक रुपमा सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close