बिशेष युथ खेलाडी प्रशिक्षण कार्यक्रम काठमाण्डौमा सुरु

पोखरा, १० कार्तिक ।
राष्ट्रिय खेलकुद परिषद खेलकुद बिज्ञान प्रतिष्ठान नेपालको आयोजनामा १० दिने बिशेष युथ खेलाडी प्रशिक्षण कार्यक्रम काठमाण्डौमा सुरु भएको छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा नतिजामूलक उपलब्धि हासिल गर्ने र युथ खेलाडीहरुको क्षमतामा अभिबृद्धि गर्ने उद्धेश्यले आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा २०७२, ७३ र ७४ सालमा केन्द्रिय राष्ट्रपति रनिङ्ग शिल्डमा स्वर्ण पदक प्राप्त गर्न सफल ब्यक्तिगत बिद्या तेक्वान्दो, कराते, उसु र एथलेटिक्सका ९० खेलाडीहरुलाई बिशेष प्रशिक्षण प्रदान गर्न लागिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै सदस्य सचिव बिष्टले स्कुल देखि राष्ट्रिय प्रतियोगिता हुँदै दक्षिण एशियाली खेलकुद सम्म खेलाडीहरुले नतिजामूलक उपलब्धि हासिल गरुन भनि यस कार्यक्रमको सुरुवात गरिएको बताए । उनल उपलब्धिमूलक नतिजाका लागि खेलाडीहरुलाई सवै खाले सहयोग गर्न राष्ट्रिय खेलकुद परिषद सदा तत्पर रहेको बताए । सदस्य सचिव बिष्टले अवका दिनमा प्रशिक्षकहरुको मुल्याङ्कन पनि नतिजाको आधारमा गरिने बताए । यसका साथै यस कार्यक्रममा उत्कृष्ट हुने चारै विधाका एक महिला र एक पुरुष खेलाडीहरुलाई नगद पुरस्कारले सम्मान गरिने समेत कार्यक्रममा घोषणा गरे ।

प्रशिक्षण कार्यक्रम कार्तिक १० देखि १९ गते सम्म तेक्वान्दो र उसु त्रिपुरेश्वर राखेप कभर्डहलमा, कराते सातदोवाटो कराते प्रशिक्षण केन्द्रमा तथा एथलेटिक्स मुलपानीस्थित क्रिकेट मैदानमा हुने कार्यक्रम रहेको छ । कार्यक्रमको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले शनिबार उद्घाटन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close