
पोखरा, १० कार्तिक ।
सान २०१९ मा इङल्याण्ड र वेल्समा मे ३० देखि जुलाई १४, २०१९ सम्म आयोजना हुने आइसिसी क्रिकेटको विश्वकप ट्रफी पोखरा आएकोछ । पोखरा प्रिमिएर लिग (पिपिएल) टि–२० क्रिकेटको माहोल चलिरहेकै बेला विश्व क्रिकेटको छाता संस्था अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले पोखरामा विशेष तयारीका साथ ट्रफी पोखरा ल्याएको हो ।
पोखराको फेवाताल र क्रिकेट रंगशालामा पर्दशित गरिएको आइसिसी विश्वकप ट्रफीलाई पोखरेली खेलप्रेमी तथा क्रिकेट प्रेमीहरुले विशेष चासोका साथ हेरेका थिए । ट्रफी पोखरा आएपछि अब पोखरा पनि क्रिकेटको न्यूट्रल भेन्यूको रुपमा स्थापित हुन सक्ने क्रिकेट प्रेमीहरुले बताएका छन ।
करिब ९ महिना लामो भ्रमण पुरा गरि बंगालादेश हुँदै नेपाल आएको होे । ट्रफीलाई काठमाण्डौमा सर्वसाधारणहरुका लागि ऐतिहासिक बसन्तपुर दरबार स्क्वाएरमा राखिनेछ भने सगरमाथाको आधारशिविरमा समेत पु¥याइने बताइएको छ ।
तस्विरः सुदर्शन रंजित