
केशब पाठक,
पोखरा, १० कार्तिक ।
पोखरामा बढ्दै गएका शारिरिक सुगठनका खेलाडी र जिमहरुका लागि लक्षित गर्दै मशल फर्माको शाखा पोखरामा विस्तार गरिएको छ । २००७ बाट काठमाडौमा सुरुवात भएको मशल फर्मा अहिले पोखरामा शाखाको रुपमा पोखरा विस्तार गरिएको हो ।
अमेरिका बाट उत्पादित प्रोटिन मशल फर्मा विशेष गरि शारिरिक सुगठनका खेलाडीहरुका बिचमा चर्चित छ । मशल फर्मा पोखरामा शाखा विस्तार गरेका यसका निर्देशक प्रबिन शाही भन्छन–“कुनै बेला यो प्रोटिन भारत बाट आउँथ्यो तर अहिले विगत एक दशक देखि सोझै अमेरिका बाट नेपाल आउँछ ।”
करिव २० लाख लगानीमा पोखराको न्यूरोडमा सुरु गरिएको मसल फर्मा स्टोरमा ४ हजार देखि १७ हजार सम्म विभिन्न तौलका हिसाबमा पाइने निर्देशक शाहीलेले बताए । “हामीले पोखराका शारिरिक सुगठन र जिमहरुलाई लक्षित गर्दै पोखरा आएका हौं आशा छ हामी काठमाडौमा जस्तै सफल हुनेछौ”–शाहीले भने ।
पोखरामा खेलिएको नयाँ स्टोरको वुल्सम्यान पोखराका अध्यक्ष एवम कास्की जिल्ला खेलकुद बिकास समितीका सदस्य नुना गुरुङले शुभारम्भ गरे । शुभारम्भ कार्यक्रममा पोखरा स्थित विभिन्न जिमका खेलाडीहरुको उपस्थिती रहेको थियो । शुभारम्भ पछि बोल्दै अध्यक्ष नुना गुरुङले शारिरिक सुगठनका लागि मशल फर्मा प्रोटिन महत्वपूर्ण हुने बताए । बजारमा विभिन्न कम्पनीका प्रोटिन पाइए पनि मशल फर्मा अन्यको दाँजोमा उत्कृष्ट रहेको उनको भनाई थियो ।