लनटेनिस प्रशिक्षक टोली हङकङ जाने

काठमाडौं, ९ कात्तिक ।
कोचेस कन्फ्रेन्समा सहभागी हुन ५ सदस्यीय नेपाली लनटेनिस प्रशिक्षक टोली शनिबार हङकङ प्रस्थान गर्दैछ ।

अक्टोबर २९ देखि नोभेम्बर १ तारिखसम्म हुने कन्फ्रेन्समा कृष्णराज घले, विकास खड्का, दावा सोनाम शेर्पा, जितेन्द्र परियार र राजकुमार लामा सहभागी हुने छन् ।

टोलीलाई नेपाल टेनिस संघका महासचिव मनोहरदास मुलले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्मा शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close