पोखरा प्रिमियर लिग टि–२० क्रिकेट प्रतियोगिता पोखरामा सूरु

पोखरा, ९ कार्तिक ।
पोखरेलीहरुको लामो समयको प्रतिक्षापछि पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगिता शुक्रबार बाट पोखरामा सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधी सभाका सभामुख कृष्ण बहादुर महराले पोखरा क्रिकेटको न्यूट्रल भेन्यूको रुपमा स्थापित गर्न सकिन्छ भन्ने कुरा पिपिएलको आयोजनाले प्रष्टाएको बताएका छन । सभामुख महराले खेलकुदले आफ्नै वहुआमयिक महत्व राख्ने बताउँदै स्वस्थ्य जनशक्ती उत्पादनमा पनि खेदकुदको उत्तिकै भूमिका हुने बताए ।

सभामुख महराले खेलकुद बिकासका लागि ठूलो जनशक्ती आवश्यक भएपनि राज्यको पहुँच हुन नसकेको धारणा राख्दै निजी क्षेत्रले खेलकुद बिकासका लागि कार्य स¥हानिय रहेको बताए । उनले क्रिकेटको बिकासका लागि संरक्षकत्व आवश्यक रहेको बताउँदै यसका लागि राज्यले विशेष ध्यान पु¥याउन पनि आग्रह गरे ।

उद्घाटन कार्याक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्य मन्त्रि पृथ्बी शुव्वा गुरुङले अबको तिन वर्ष भित्र प्रदेशले क्रिकेटको अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार बनाउने लक्ष्य लिएको बताए । उनले भने–“धेरै पटक पोखरालाई खेलकुदको न्यूट्रल भेन्यू बनाउने सांकेतिक रुपमा कुरा भए अब साँच्चिकै गरेर प्रमाणित गर्ने बेला आएको छ ।”

मुख्यमन्त्रि गुरुङले एक प्रशंगमा राजनितीक रुपमा जे जस्तो भए पनि अहिले सम्म खेलकुद बुझेको मन्त्रि नहुँदा खेलकुद बिकासको प्रष्ट निती बन्न नसकेको तर्फ र्इंगित गर्दै पिपिएलको आयोजनाले पोखरालाई खेलकुद पर्यटन राजधानीको रुपमा बिकास गर्ने मार्ग तफृ अग्रसर गराएको बताए ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य एवम बिकास समितीका सभापती दिपक कोइरालाले अबको खेलकुद मेडल प्राप्तीका लागि मात्रै नभई उद्योगको रुपमा स्थापित हुनु पर्ने बताउँदै प्रदेशको समृद्धीका लागि यो बलियो आधारहुन सक्ने बताए । कार्यक्रमा गण्डकी प्रदेश सभा सदस्य राजिब पाहारीले खेलकुदका वृहत आयोजनाले समृद्ध नेपालका लागि ढोका खुलेको बताए ।

प्रतियोगिताको उद्घाटन गर्न मैदान उत्रिएका सभामुख कृष्ण बहादुर महरा र गण्डकी प्रदेशका मुख्यमन्त्रि पृथ्वी शुव्वा गुरुङले व्याटिङ र वलिङ गरेका थिए । उनीहरु दुवैजनाले आलोपालो व्याटिङ र वलिङ गरे । सभामुख महराले तिन बल खेले भने मुख्यमन्त्रि गुरुङले दुइ बल खेले ।

उद्घाटन कार्यक्रम पिपिएलको आयोजक क्विइन्स इभेन्ट्स मेनेजमेन्ट प्रालीका प्रवन्ध निर्देशक छुम्बी लामाको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close