पोखरा पल्टनले थप्यो दुइ विदेशी सहित दुइ जना स्थानिय खेलाडी

पोखरा, ८ कार्तिक ।
पोखरा प्रिमियर लिग सुरु हुन एक दिन बाँकी रहैकै बेला पोखरा पल्टन टिमले बिहिबार एक कार्यक्रमको आयोजना गरि दुई विदेशी र पोखरा पल्टनमा सहभागी दुई स्थानिय पोखरेली खेलाडीलाई समेट्दै आफ्नो टिमको घोषणा गरेको छ ।

पोखरा पल्टन बाट खेल्ने दुइ विदेशी खेलाडी मध्ये एक जना भारतिय हुन भने अर्का यूएईका हुन । भारतका तर्फ बाट खेल्न रबी इन्दर सिंह पोखरा आइसकेका छन भने यूएइका मोहम्मद नभिद दुइ दिन पछि पोखरा आउने पोखरा पल्टनले जनाएको छ । थपिएका दुइ जना स्थानिय खेलाडीमा दिपेश खत्री र सुमन घिमिरे हुन ।

पोखरा पल्टन टिमलाई जितको शुभकामना दिंदै पोखरा महानगरपािलकाका प्रमुख मान बहादुर जिशीले अब महानगरले खेलकुद बिकासका लागि यथासिघ्र आफ््ना योजनाहरुलाई व्यवस्थित रुपमा अघि बढाउने बताए ।कार्यक्रममा बोल्दै टिमका क्याप्टेन शरद भेषवकारले टिमको परफर्मेन्सनै जितको आधार रहेको बताए । उनले भने–“हाम्रा खेलाडी अनुभवी छन र घेरलु क्रिकेटमा राम्रो परफर्मेन्स भएकाले पनि जित्नका लागि आफ्नो बेष्ट दिनेछौं ।”

पोखरा पल्टन टिमका प्रशिक्षक बिनोद दासले क्रिकेटमा राज्यले खासै लगानी नगरेको भए पनि निजी संस्थाहरु बाट भएका गतिविधीले नेपाली क्रिकेटले गती पाएको बताए । “वन डे स्टाटस पाउन वा टि–२० मा नेपाली क्रिकेट टिमले गरेको प्रर्दशन यस्तै प्रतियोगिताहरुका कारण बाटनै पाउन सकेको हो” उनले भने ।

पोखरा पल्टनका टिम म्यानेजर सुमनराज कार्कीको अध्यक्षतामा भएको कार्यक्रमका पोखरा पल्टन टिमका प्रवन्ध निर्देशक सुदिप शर्माले मैदानमा पोखरेली दर्शकको साथ पाउने बताए ।

पोखरा पल्टन टिम स्क्वाड
शरद भेषवाकार (टिम क्यापटेन),बिनोद भण्डारी, राशिद खान, दिब्याशुं मलिक, आशिफ शेख, मेहबुब आलम, ललित राजबंशी, रोहित पौडेल, कुशल भुर्तेल, निशान पाण्डे, कृष्ण काकी, बिक्रम भुषाल, मोहम्मद नभिद, रबी इन्दर सिंह, दिपेश खत्री, सुमन घिमिरे, बिनोद दास (प्रशिक्षक), रिजन प्रजु (सहाएक प्रशिक्षक),सुमनराज कार्की (टिम म्यानेजर) ऋषी सुबेदी (सहायक टिम म्यानेजर) ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close