कोरियन सफ्ट टेनिस प्रशिक्षक नेपालमा

पोखरा, ८ कार्तिक ।
नेपाल सफ्ट टेनिस संघको अनुरोधमा दुई कोरियाली सफ्ट टेनिस प्रशिक्षक चोई चोङ्ग रियूल र पाएक ह्युन सिक् दुई महिनाको लागि नेपाल आएका छन् ।

आगामी सन् २०१८ को नोभेम्बर १८ देखि २५ सम्म मित्र राष्ट्र दक्षिण कोरियाको सन्चन सहरमा आयोजना हुने तेश्रो बिश्व जुनियर सफ्ट टेनिस प्रतियोगिता र मित्र राष्ट्र भारतको गुजरातको अहमदाबाद शहरमा सन् २०१९ जनवरी ९ देखि १३ सम्म आयोजना हुने प्रथम दक्षिण एशियन सफ्ट टेनिस च्याम्पियनसिपलाई मध्यनजर राख्दै पदक हासिल गर्ने उद्धेश्यले नेपाल सफ्ट टेनिस संघको अनुरोधमा कोरियन सफ्ट टेनिस संघले अन्तराष्ट्रिय प्रशिक्षक द्वयलाई नेपाल पठाएको संघका अध्यक्ष तथा अन्तराष्ट्रिय सफ्ट टेनिस महासंघ (आईएसटिएफ)का महासचिव एवं एशियाली सफ्ट टेनिस महासंघ (एएसटिएफ)का उपाध्यक्ष विनय विक्रम शाहले जनाएका छन् ।

शाहका अनुसार सफ्ट टेनिस संघको पहलमा हाल नौलिन स्पोर्टस् भिल्ला सुन्दबस्ती, गोल्फुटारको टेनिस कोर्टमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुलाई बिहान ७ देखि ९ र नयाँ खेलाडीहरुको लागि ३ देखि ५ बजे सम्म प्रशिक्षण प्रदान भई रहेको छ ।

दुई महिना बसाईको क्रममा कोरियाली प्रशिक्षकहरुले काठमाण्डौ लगायत बिराटनगर, धनगढी, नेपालगंज, बुटवल, पोखरा र नेपाल प्रहरी स्कुल साँगामा प्रशिक्षण दिने अध्यक्ष शाहले जानकारी गराए । यस प्रशिक्षण कार्यक्रमले नेपाली खेलाडीहरुको खेल स्तर बढ्नुका साथै अन्तराष्ट्रिय प्रतियोगितामा नेपालले पदक हासिल गर्न मद्धत पुग्ने अध्यक्ष शाहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close