एशियाली छनोटका लागि जाने महिला फुटबल टोलीलाई बिदाई

पोखरा, ८ कार्तिक ।
म्यानमारमा आयोजना हुने ओलम्पिकका लागि एशियाली छनोट प्रतियोगितामा सहभागि हुन जाने नेपाली महिला टोलीलाई बिहिबार एक कार्यक्रमका विच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले एन्फा भवनमा बिदाई गरे ।

नेपाली टोलीमा २२ खेलाडी, दुई प्रशिक्षक, एक टोली नेता र एक ब्यवस्थापक रहेका छन् । प्रशिक्षकमा हरि खड्का र मृगेन्द्र प्रसाद मिश्र, टोली नेतामा दिर्घ बहादुर के.सी. र ब्यवस्थापकमा कमला हिराचन थकाली रहेका छन् ।

नेपाली टोलीको समूहमा भारत, म्यानमार र बंगलादेश रहेका छन् । नेपालले ८ नोभेम्बरमा भारतसंग प्रतिस्पर्धा गर्ने प्रशिक्षक खड्काले जानकारी गराए । यस्तै ११ नोभेम्बरमा म्यानमार र १३ नोभेम्बरमा बंगलादेश संग प्रतिस्पर्धा गर्नेछ । नेपाली टोलीले पहिलो पटक ओलम्पिक छनोट प्रतियोगितामा सहभागिता जनाउन लागेको हो ।

यस अघि नेपाली टोलीले चाईनामा तीन मैत्री पूर्ण खेल खेल्ने छ । नेपाली टोलीले अक्टोबर २९ र ३१ तारिखमा बेईजिङ्ग फोनिक्स महिला फुटबल टिम संग दुई मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको एन्फाले जनाएको छ । यस्तै ३० तारिखमा बेईजिङ्ग स्पोर्टस् युनिभर्सिटी संग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ । नेपाली टोली नोभेम्बर २ तारिख चाईनाबाट म्यानमार प्रस्थान गर्ने छ ।

नेपाली टोलीलाई शुभकामना सहित बिदाई गर्दै सदस्य सचिव बिष्टले नेपाली महिला टोलीले पहिलो पटक प्राप्त गरेको अवसरलाई सदुपयोग गर्ने भन्दै टोलीले राष्ट्रको नाम उच्च राख्ने बिश्वास ब्यक्त गरे । नेपाली टोली शुक्रबार चाईना प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

बिनाले निर्णायकको भूमिका निर्वाह गर्ने
नेपाली महिला फुटबल निर्णायक बिना श्रेष्ठले म्यानमारमा आयोजना हुने ओलम्कि एशियन छनोट प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने भएकी छिन् । उनी फिफा सहायक रेफ्रि हुन् । बिनाले निर्णायक ईलाईट परिक्षा उत्तीर्ण गरेकी छिन् ।

पहिलो पटक यती ठुलो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने महिला निर्णायकमा बिना पहिलो निर्णायक रहेको एन्फाका महासचिव ईन्द्रमान तुलाधरले बताए । ईलाईट परिक्षा उत्तीर्ण नगरी अन्तराष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न नपाईने समेत महासचिव तुलाधरले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close