
पोखरा, ८ कार्तिक ।
शनिबारदेखि पोखराको भलाममा शुरु हुने पाँचौंं संस्करणको सेभेन ए साइड फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजक श्रृंखला क्लबले जनाएको छ । क्लबका अनुसार प्रतियोगिताको लागि खेलमैदान सम्याउने, मञ्चको सजावटलगायत अन्य आवश्यक कार्यहरुको तयारी पूरा भएको छ ।
हालसम्म प्रतियोगिताको लागि ११ टिमले दर्ता गराइसकेको क्लब अध्यक्ष निर्मल खत्रीले जनाए । टिम दर्ताका लागि शुक्रबार बेलुकी ५ बजेसम्म अन्तिम समय तोकिएको अध्यक्ष खत्रीले जानकारी दिए । खत्रीका अनुसार प्रतियोगितामा ४० टिमसम्मले टिम दर्ता गर्ने क्लबको अपेक्षा रहेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगितामा विजेता टिमका लागि १ लाख, १ हजार १ सय ११ तथा उपविजेता टिमका लागि ५५ हजार ५ सय ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार छ ।