एउटा लाहुरेले देखेको सपना ‘नोआज आर्क’, पोखरामा बन्दैछ मेगा प्रोजेक्टको स्पोर्टस् साइन्स कलेज

केशब पाठक
पोखरा ८ कार्तिक ।
सपना धेरैले देख्छन, कतिले बिर्सन्छन, कतिले वास्तानै गर्दैनन, कतिले त्यही सपनालाई साकार पार्न लागि पर्छन । सपना त्यस्तो सपनाका लागि मात्रै नभएर साँच्चिकै विपनामा परिणत हुन्छ अनि दुनियाँनै आश्चर्यचकित बन्छ । आज भन्दा पाँच वर्ष अघि डा.ङमरजुङ गुरुङ (नोआ)ले देखेको त्यस्तै सपना विपनामा परिणत हुँदैछ । खेलकुदको अथाह सम्भावना र पर्यटकलाई समेत मोहित पार्ने नयाँ गन्तब्य सहित मेगा प्रोजेक्टका रुपमा बन्दैछ पोखरामा ‘नोआज आर्क स्पोर्टस् साइन्स कलेज’ ।

नोआज आर्क विश्वका चर्चित मानव निर्मित तर ऐतिहासिक नोआको नाम बाट स्थापित एउटा पानी जहाज हो जो आज भन्दा ७ हजार वर्ष अघी नोआ नामका व्यक्तीले बनाएका थिए । उनले बनाएको अहिले सम्मकै ठूलो पानी जहाज नोआज आर्कको अवशेष अहिले पनी टर्की माउन्ट अटारीमा देख्न पाइन्छ जुन इतिहासकार, पुरातत्वीद र अनुशन्धानकर्ताहरुको लागि विशेष थलो समेत बनेकोछ । उनले बनाएको तयो जहाज नोआजको जहाजलाई पुरातत्वीदले समेत प्रमाणीकरण गरेका छन । नोआ एक पवित्र तथा निश्वार्थ व्यक्ति हुन जसले पानी जहाज बनाएर यो धर्तीमा मानव जिवनको रक्षा गरेका थिए ।

नोआज आर्ककै नाम बाट बेलायत, हङकङ, कोरिया, अमेरिका लगाएत स्थानमा विशालकाय जहाज, चिडियाघर, विद्यालय, कलेज यावत बनेका छन जुन पर्यटकहरुको लागि मुख्य आर्कषण थलो समेत बनेका छन । हङकङमा बनाइएको नोआज आर्क चिडियाघर हेर्नका लागी विश्वका पर्यटक पुग्छन र त्यहाँ वार्षिक ५० लाख भन्दा वढीले हेर्छन भने बेलायतमा पनि त्यस्तै र अमेरिकामा रहेको नोआज आर्क हेर्न पनि लाखौं लाख पर्यटक पुग्छन । उनीहरुले मंहगो टिकट काटेर नोआज आर्कको आनन्द उठाउँछन र फर्कन्छन ।

तर पोखरामा बन्न लागेको नोआज आर्क भने फरक ढङको हो । यो एस्तो पानी जहाज बन्ने छ जहाँ नेपालमा अहिले सम्म नभएको स्र्पोट्स साइन्स सम्बन्धी अध्ययन गराइने छ । ओलोम्पिक खेलका ८ वटा खेलहरुलाई समाबेश गर्दै नोआज आर्कका माध्यम बाट नेपाललाई विश्वमा चिनाउँदै खेलकुदका अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा पदक ल्याउन सक्ने गरि खेलाडी उत्पादन गर्ने लक्ष्य समेत हो । नेपालमा नोआज आर्क परिकल्पनाकार नामार्जुङ गुरुङले बुनेको सपना यहि हो । यसैलाई अन्तिम रुप दिन उनी बेलायतको सारा सम्पती बेचेर नेपाल बसिरहेका छन आफ्नो सपनालाई मुर्तरुप दिन । नोआज आर्क खेलकुदको मात्रै नभएर विश्वका पर्यटकका लागि एक आर्कषक थलोको रुपमा निर्माण हुनेछ ।

को हुन डा.ङमरजुङ गुरुङ (नोआ) ?
खेलकुद भनेपछि हुरुक्कै हुने ङमरजुङ आफै पनि तेक्वान्दो सातौ डान हुन । १५ वर्ष बेलायती सेनामा कार्यरत उनी बेलायती सेनामा रहँदा फिजिकल इन्स्ट्रक्टरका रुपमा समेत काम गरेका थिए । यूरोप एनआरएनएका खेलकुद संयोजक भएर दुई कार्यकाल काम गरेका गुरुङ १९८४ मा तेक्वान्दोका स्वर्ण पदक बिजेता समेत हुन भने तेक्वान्दाकै प्रशिक्षक समेत हुन । ५९ वर्षिय कास्की पाखुरीकोट गाँउमा जन्मेका उनी हाल काठमाडौ बस्दै आएका छन । तेक्वान्दोका ग्राण्ड माष्टर नार्माजुङ अमेरिका स्थित स्र्पोट्स साइन्स विश्वविद्यलायले उनलाई तेक्वान्दोमा अनेरेरी विद्यावारिधी प्रदान समेत गरेको छ ।

कसरी सुरु भयो नोआज आर्क प्रोजेक्ट
डा. ङमरजुङ गुरुङ जब विश्वका धेरै ठाउँको यात्रा गरे । हातको हरियो पासपोर्ट र साथमा बोकेको नेपाली पैसाले जहिले पनि खिन्न बनाएको बताउँछन । पासपोर्टले देखाउँदा पाएको हेला र विश्वमा कतै नचल्ने नेपाली नोट । उनी दिक्क थिए । उनी भन्छन– “नेपाल अब हिमालले मात्रै चिनाउने होइन केही नयाँ गर्नु पर्छ ।” त्यही बाट सूरु भयो नोआज आर्कको सपना ।

उनले यो परिकल्पनालाई काठमाडौमा सुनाए । धेरैले काठमाडौ बनाउन दबाब आयो । तर उनको मनले मानेन । उनले आफ्नो थलो पोखरा सम्झे अनि हुत्तिएर पोखरा आए । “४० वर्ष विदेशमा बगाएको पसिना अनि बेलायतको त्यो समृद्ध ठाँउलाई चटक्कै छोडेर आएको छु अब पक्कै पनि यो प्रोजेक्टले सफलता पाउनेमा पूर्ण आशाबादी छु ।”

नोआज आर्कमा लगानी कती अनि के के हुनेछ ?
नोआज आर्कको प्रोजेक्ट सुरु गर्नु भन्दा अघि उनले नक्सा बनाए । तर नेपालका चार जना इन्जिनियरहरुले बनाएको नक्शा नामार्जुङलाई चित्त बुझेन । “नक्शा बनाउन भन्यो जसले पनि घर आकारको मात्रै बनाए जुन मेरो परिकल्पना भन्दा बाहिर थियो ।” अहिलेको नक्शा अमेरिकी एक इन्जिनियरले बनाएको हुन । करिब ११ रोपनी क्षेत्रफलमा रहेको नोआज आर्क (जहाज) तिन तलाको हुनेछ ।

नोआज आर्कमा ७ हजार मान्छे एकै ठाउँमा बसेर सम्मेलन गर्न सक्ने छन । यो करिब ६० करोड लागतको प्रोजेक्ट हो भने यसको मुख्य आर्कषण नोआज आर्क जहाज मात्रै बनाउन ४० करोड लगानी रहनेछ । यसको आकार काठको जहाज जस्तै हुनेछ । जहाज भित्र फिटनेश सेन्टर खेलकुद मैदान, अलग–अलग सभाकक्ष, स्र्पोट्स म्युजियम, रेष्टुरेन्टहरु हुनेछन । भूइतलामा बन्ने क्रियशन म्यूजियम र स्र्पोट्स साइन्स म्यूजियमले विश्वका लाखौ पर्यटकलाई आर्कषित गर्ने डा. ङमरजुङ बताउँछन ।

स्विमिङपूल सहितको यो नेपालकै पहिलो स्र्पोट्स साइन्स सेन्टरका रुपमा स्थापना हुनेछ । जहाँ स्विमङ, जिम्नाष्टिक, बास्केटबल, तेक्वान्दो, भलिबल, गल्फ, फाइभ ए साइड फुटसाल, हेल्थ एण्ड फिटनेश सेन्टर हुनेछन । त्यती मात्रै नभएर प्राकृतिक आपत विपत जस्तै बाढी, पहिरो भुकम्पका बेलामा समेत यो आश्रय स्थलका रुपमा रहनेछ । यसमा कोरिया स्थित एक कम्पनीले एनके प्यानलको समेत लगानी रहनेछ ।

डा.ङमरजुङ गुरुङको पोखरामा बन्ने नोआज आर्कका लागि सामाग्री खोज्दै जाँदा केरिया एनके प्यानलका मुख्य लगानीकर्ता गिल हु सिङ सङ भेट भयो । गुरुङको परिकल्पनाले गिल हु सिङलाई समेत तान्यो र उनी लगानी गर्न तयार भए । उनी यो परियोजनालाई साकार रुप दिन तिन वर्ष देखि निरन्तर नेपाल आइरहेका छन । गिलको कम्पनी एनके प्यानल बाट उत्पादित प्यानलल पनि नोआज आर्क (जहाज) मा प्रयोग गरिनेछ । विदेशका तिन वटा प्रविधी र स्टिल लगाएतका सामाग्री यसमा प्रयोग हुनेछन ।

कसले के भने नोआज आर्कको परिकल्पनाका बारेमा

गण्डकी प्रदेशका मुख्य मन्त्रि पृथ्बी शुव्वा गुरुङले प्रदेशको समृद्धीका लागि यो परियोजना महत्वपूर्ण हुने बताउँछन । प्रदेश सरकार यसमा खुलेर सहयोग गर्ने बताउँदै भन्छन–“प्रदेशको समृद्धी र खेलकुद बाट पर्यटन प्रवद्र्धनका लागि यो दिगो परियोजना हुनेछ ।” मुख्यमन्त्रि गुरुङले अबको पर्यटन परम्परागत सोचले नचल्ने बताउँदै नोआज आर्क गण्डकी प्रदेश सरकारेको सोच संग मेल खाने बताए । उनले स्र्पोट्स साइन्स अहिलेको माग भएको कुरा उद्धृत गर्दै गण्डकी प्रदेश सरकारले मुस्ताङमा हाइ अल्टिच्यूड स्र्पोट्स साइन्स सेन्टर निर्माण गर्न पहल थाल्ने बताए ।

प्रतिनिधीसभाका सदस्य एवम पूर्व मन्त्रि खगराज अधिकारी गुरुङको परिकल्पना परिकल्पना मात्रै नभएर यसलाई साकार रुप दिन नेपाल सरकार सहयोग गर्न तयार रहेको बताए । नेपाल सरकार निर्वाचित स्थायी सरकार रहेको र विदेशी लगानीकर्ताका लागि ढोका खुल्ला रहेको उनले बताए । पोखरामा अन्तर्राष्ट्रिय बिमानस्थल सम्पन्न पश्चात विश्वपर्यटकका लागि पनि नोआज आर्क प्रमुख आर्कषण रहने उनको भनाई थियो ।

पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिशीले यो परियोजनालाई सफल बनाउन महानगर तयार रहेको बताउँदै महानगर भित्र बन्ने भएकोले पनि महानगरको समृद्धीका लागि नोआज आर्क मुख्य थलो बन्न सक्ने बताए । उनले भने–“महानगरको समृद्धीका लागि पनि यो परियोजनालाई खुलेर सहयोग गर्ने छौं ।”

नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङ नोआज आर्क स्र्पोट्स साइन्स कलेज पर्यटकका लागि नयाँ गन्तव्य मात्रै नभई स्पोर्टस् साइन्स र क्रियशन म्यूजियम संग सम्वन्धीत रहेकोले यसले ठूलो महत्व राख्ने बताउँछन । “यो खेलकुदका लागि नयाँ आयाम हो” उनी भन्छन–“खेलकुद खेलकुदका लागि मात्रै होइन अब यो विज्ञान भइसकेको छ त्यसका लागि पनि नोआज आर्क स्पोर्टस् साइन्स सेन्टर सबैको केन्द्रविन्दु हुनेछ ।” निजी क्षेत्र बाट बन्न लागेको यो परियोजनालाई सरकारले पनि खुलेर सहयोग गर्नु पर्ने उनको भनाई छ ।

तस्बिरः मनी गुरुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close