
केशब पाठक,
पोखरा, ७ कार्तिक ।
कुनै पनि क्रिकेट श्रृर्खलाका लागि पिच एकदमै महत्वपूर्ण हुन्छ । क्रिकेट खेल सूरुहुनु भन्दा अघि पिचका बारेमा धेरै विश्लेषण हुने गरेका छन । पिच के हो र कस्तो हुने कुरामा पिच बनाउने कयूरेटरको मुख्य भूमिका हुन्छ ।
पोखराको पिच निर्माण गर्न पिपिएलको आयोजक संस्थाले भरातको मुम्बई बाट समेत क्यूरेटर बोलाएर काम गरेको हो भने कृतिपूर क्रिकेट मैदान पिच क्यूरेटर मधु तामाङ र सहायक क्यूरेटर निशन मण्डल पनि पिच बनाउन खटिएका छन । पोखराका पिच क्यूरेटर प्रदिप राउत लामो समय देखि पिचकै रेखदेख गरिरहेका छन ।
पोखरा क्रिकेट मैदानमा पुरानो दुइ र थप नयाँ गरि ४ वटा पिच तयार गरिएको छ पिपिएलका लागि । २०७५ साउन ११ गते बाट बनाउन सूरु गरिएको पिच अब अन्तिम चरणमा छ । रातो माटो हल्का देखिने हरियो घाँस सहितको पिचमा ‘मोइस्चर’ बाँकीनै छ । मोइस्चर हटाउन दिन रात काम भएको छ । २०/२० क्रिकेटमा जति धेरै हाइ स्कोर हुन्छ हेर्ने दर्शक उत्तिकै रमाउँछन । तर पोखराको पिच नयाँ भएकोले अनटेष्टेड छ । नयाँ बनेका दुइ वटा पिचमा कुनै खेलनै भएको छैन ।
यसका लागि खटिएका पिच क्यूरेटर प्रदिप राउत बिहानको समयमा बलर हाबी हुन सक्ने बताउँछन । “हेर्दा यो हार्ड र बाउन्सी देखिन्छ तर रातो माटो भएकोले अन्ततः बल स्पिन हुने सम्भावना रहेको उनी बताउँछन । तर दिउसो घाम लागेको समयमा भने व्याटिङ चल्ने उनको भनाई छ । पिच नयाँ भएकोले हुनाले यो सिजनै भन्दा अर्को सिजनका लागि अझै राम्रो हुने उनले बताए ।
पिचलाई लाई लिएर नेपाली टिमका प्रशिक्षक जगत टमटाले पनि पोखरा क्रिकेट मैदानको पिचमा त्यती धेरै रन बन्न नसक्ने बताउँछन । “यो लो स्कोरिङ पिच हो, १४०–१५० रनको टार्गेट हुन सक्छ” उनको विश्लेषण छ । तर पहिलो तिन ओभर सम्म टिक्ने व्याट्सम्यानले राम्रै स्कोर गर्न सक्ने उनले बताए । रातो माटोमा देखिएको क््रयाकले पनि स्पिनर हाबी हुन सक्ने उनको भनाई छ । पिच जे जस्तो भए पनि घरेलु क्रिकेटमा यसले ठूलो महत्व राख्ने र यहाँ बाट नयाँ खेलाडी उत्पादन हुने कुरामा भने उनी ढुक्क छन ।
यता आइसिसी अम्पाएर तथा कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल नयाँ पिच भन्दा पुरानो पिच ब्याटिङका लागि केही हद सम्म सजिलो रहेको बताए । पुरानो पिचमा केही हल्का कालो माटो मिसिएकोले पनि सजिलो रहेको उनको भनाई थियो । नयाँ पिचमा हाई स्कोर हुनेमा उनी पनि शंका व्यक्त गर्छन ।
तस्विर : सुदर्शन रंजित