पोखरा रंगशालाको क्रिकेट मैदान हिजो, आज र भोली (फोटो फिचर)

केशब पाठक,
पोखरा, ७ कार्तिक ।
पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० को तयारी नजिकिदैं जाँदा पोखरा रंगशाला स्थित क्रिकेट खेल मैदानले पनि उत्तिकै चर्चा पाउन थालेको छ । पिपिएलका लागि पोखरा आएका अधिंकाश क्रिकेट खेलाडी र क्रिकेट संग नजिक भएका हरुले मैदानमा छिर्ने बित्तिकै वाह–वाह भन्दै भनिरहेका छन–“यो मैदान त कृतिपूर भन्दा पनि राम्रो रहेछ ।”

आजको यो क्रिकेट मैदान त्यसै यो अवस्थामा आएको होइन । इतिहास खोज्न आवश्यक छ । २०६३/०६४ सालमा पोखरा रंगशालमा क्रिकेटका यस क्षेत्रको क्रिकेट बिकासका लागि जग्गा छुट्टाएर प्रा.डा. बिरेन्द्र सिंह गुरुङको संयोजकत्वमा तत्कालिन कास्की जिल्ला क्रिकेट संघका सदस्य अशोक पालिखे सहितको टिमले यो मैदानको स्वरुप खडा गरेको हो । कास्की जिल्ला खेलकुद बिकास समितीका कार्यालय प्रमुख प्रकाश बरालका अनुसार जिल्ला खेलकुदले यसमा करिब १३ लाख खर्च गरेको छ भने अन्य खर्च निजी स्रोत बाटनै गरिएको हो ।

एसिसीले क्यान मार्फत प्रदान गरेको ३० लाख र अन्य पोखरेली स्थानियको सहयोगले करिब ८० लाखमा हालको मैदानलाई स्वरुप दिने काम भएको अशोक पालिखेले बताए । पोखराको क्रिकेट मैदान निर्माण भइरहैका बखत एशियाली क्रिकेट काउन्सिल (एसिसी)को आँखा यो मैदानमा प¥यो । पोखरामा क्रिकेटको माध्यम बाट क्वालिटी टुरिजमको सम्भावना रहेकोले पनि यहाँको मैदानलाई थप व्यवस्थित बनाउन र पोखरा ३३ स्थित पशुपती घाटको मैदान निर्माण गर्न टुरिजम सेक्टरले पनि उत्तिकै साथ दिनु पर्ने पालिखे बताउँछन । “पोखरामा दुइ वटा क्रिकेटको दुइ वटा मैदान हुने र अन्तर्राष्ट्रिय क्रिकेटको न्यूट्रल भेन्यू हुने हो भने पर्यटक खोज्न हिड्नुनै पर्दैन” उनले भने ।

कुनै बेला मसिनो गिटी र गेगरानले भरिएको मैदान यति बेला हरियो झारले ढपक्कै ढाकेको छ । चार वटा पिच तयार भएका छन । झार काटन मेशिन मैदानमा दौडाइएको छ । पिचका लागि करिब तिन महिना देखि लगातार दैनिक १२ जना पिच क्यूरेटर र मजदुर खटेर काम गरिरहेका छन । पिच बनाउन तनहुँको जामुने बाट माटो ल्याइएको छ । दैनिक १५ ट्याँकर पानी मैदानमा छर्किन्छ । घाँस काटेर मिलाउने देखि मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउन पिपिएलको आयोजक संस्था क्विइन्स इभेन्ट मेनेजमेन्ट प्राली लागि परेको छ । खर्च कति भयो ? भन्ने प्रश्नमा प्रवन्ध निर्देशक छुम्बी लामा हिसाब गर्न नभ्याएको बताउँछन । जे होस खर्च ठूलो देखिन्छ ।

कुनै बेला पोखरा बसेर यस क्षेत्रको क्रिकेटका बारेमा थाहा पाउने नेपाली टिमका प्रशिक्षक जगत टमटा पनि अहिले मैदानले पाएको स्वरुप देखेर दंग छन । उनि भन्छन–“यो मैदान विश्वकै उत्कृष्ट क्रिकेट मैदान हो हिमालको काख मुनी क्रिकेट खेल्न पाउनु त्यो भन्दा ठूलो अनुभुती अरु हुन सक्दैन यहाँ खेल्नु छुट्टै आनन्द आउँछ ।” पोखरा खेलकुद पर्यटनको संभावना भएको मध्ये पनि क्रिकेटको न्यूट्रल भेन्यू हुन सक्छ भने कुरा पिपिएलले स्थापित गर्न सक्ने उनले बताए । “हिजो जो खेलाडी यहाँ खेले उनहिरुलाई सबै थाहा छ त अब नयाँ पुस्ताले पनि यहाँ खेल्नुको रोमञ्चकताको अनुभब पक्कै संगाल्ने छन”– प्रशिक्षक टमटा भन्छन–“यो मैदानमा नयाँ वातावरण पैदा भएकोछ यसलाई विश्वले नजिक बाट नियाल्ने छ त्यही भएर पनि यो पिपिएलको आयोजना महत्वपूर्ण छ ।” उनले पोखरा क्रिकेट मैदान भारतको धर्मशाला क्रिकेट मैदान भन्दा पनि महत्वपूर्ण हुने बताउँदै भने “अन्तर्राष्ट्रियस्तरमा जती धर्मशालाको नाम छ त्यो भन्दा बढी पोखराको हुनेछ ।”

पोखराको क्रिकेट मैदान हिजो जे जस्तो कठिन मोडमा बन्यो त्यो इतिहास हो यसलाई बिर्सन हुन्न । आज जेछ त्यो भावी पुस्ताका लागि हो । नेपालको क्रिकेट खेल बिकासमा पोखरा क्रिकेट खेल मैदान एउटा नयाँ टर्निङ पोइन्टको रुपमा स्थापित हुन सक्ने कुरामा कसैको दुइ मत छैन । यहि मैदानमा अग्रज फोटो पत्रकार सुदर्शन रंजितले खिचेको तस्विरले जसरी एसिसी अर्वाड जित्न सफल भयो त्यसरिनै यो मैदानमा खेल्ने हरेक क्रिकेट खेलाडी विश्व क्रिकेट रंगमञ्चमा आफ्नो नाम स्थापित गर्न सफल बन्ने छन । आज पिपिएलले छोटो समयमा पनि पोखरामा यो लिग आयोजना गरेर सबैलाई झक्झक्याउने प्रयास गरेको छ र यसलाई सहयोग र साथ दिनु सबैको कर्तब्य हो । पोखराको भावी खेलकुद विकासमा यो प्रतियोगिता कोशे ढुङ्गा सावित हुनेमा कसैको दुइ मत नहोला ।

तस्बिरः सुदर्शन रंजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close