पोखरा प्रिमियर लिगलाई नमस्ते वियरको साथ, उपाधी बिजेताले २७ लाख पाउने

पोखरा, ७ कार्तिक ।
क्विइन्स इभेन्ट्स प्रा.लि.ले यही कार्तिक ९ गते बाट पोखरामा आयोजन ागर्ने पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगितालाई टाइटल स्पोन्सरमा नमस्ते प्रिमियम लागर बियरको साथ पाएको छ । यससँगै प्रतियोगिताको नाम नमस्ते पोखरा प्रिमियर लिग रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पावर्ड बाइमा ग्रान्डमास्टर त्रिपल एक्स रम रहनेछ ।

आयोजक क्विन्स इभेन्ट्सका अनुसार प्रतियोगिताको उपाधी विजेता टोलीले २७ लाख रुपैयाँ पाउनेछ भने उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । यसबाहेक प्रतियोगिताको म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरहरुलाई भीजी अटोमोबाइल्सको तर्फबाट सुजुकी जिक्सर १ सय ५५ सीसी मोटरसाइकल प्राप्त गर्नेछन भने व्यक्तिगत विधातर्फ विजेताले गिफ्ट ह्याम्पर पनि प्राप्त गर्नेछन् ।

प्रत्येक खेलमा रिलायन्स सुपर टेक सिमेन्ट म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँ र प्रायोजकहरुबाट (एक्स्टेप, सुबीसु, आदि) ५ हजार बराबरको गिफ््ट विभिन्न ह्याम्पर प्राप्त गर्नेछन् । पीपीएलको हरेक खेलको विजेता टिमले रिलायन्स सिमेन्ट विनिङ बोनस स्वरुप नगद पुरस्कार १५ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन ।

यसबाहेक प्रत्यक खेलमा क्लियर टिभी क्लियर क्याच बिजेताले वार्षिक सुबीसुको प्रिमियम प्याकेज प्राप्त गर्नेछन् । साथसाथै हरेक खेलमा सबैभन्दा कम बलमा अर्धशतक प्रहार गर्नेले सुबीसु फास्टेस्ट ५० विजेताले सुबीसुको तर्फबाट १ वर्षका लागि हाइस्पिड इन्टरनेट सुविधा पाउनेछन् ।

प्रतियोगितालाई भव्य रुपमा आयोजना गर्नका लागि आयोजकले विभिन्न संस्थाहरुसँग हातेमालो गरेको । यसबाहेक एशोसियट पार्टनरमा सुजुकी जिक्सर, सुबीसु, रिलायन्स ग्रुप, ईसेवा, अग्नि इन्कर्पोरेट, मंगलम पाइप, हस्पिटालिटि पार्टनरमा ओयो, बैंकिङ पार्टनरमा नबिल बैंक, मेडिकल पार्टनरमा ग्रान्डी हस्पिटल, इन्स्योरेन्स पार्टनरमा एनएलजी र नेसनल लाइफ इन्स्योरेन्स, क्लोथिङ पार्टनरमा टि १० स्पोर्ट्स, फुड पार्टनर बरुण हस्पिटालीटि, क्रिएटिभ पार्टनर पर्फेक्ट क्रिएसनका साथै एक्सटेपको साथ् रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताको प्रवर्दनमा नेपाल पर्यटन बोर्ड, भिजिट नेपाल २०२०, राष्ट्रिय खेलकुद परिषद, पोखरा महानगरपालिकाको साथ रहेको जनाइएको छ । प्रतियोगिताको सम्पूर्ण खेलको प्रत्यक्ष प्रसारण हिमालयन एचडी टेलिभिजनले गर्ने प्रवन्ध निर्देशक छुम्बी लामाले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close